Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा दलित युवाको हत्याको विरोधमा सिटी जुलुस (भिडियोसहित)

हाम्रो कोशी आवाज
असार १० २०७७, बुधबार
धरानमा दलित युवाको हत्याको विरोधमा सिटी जुलुस (भिडियोसहित)

धरानः अन्तरजातीय विवाहको निहुँमा दलित युवाको हत्या गरेको विरोधमा धरानमा सिटी जुलुस प्रदर्शन भएको छ ।
भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा तीन मिनेट सिटी फुकेर प्रदर्शन भएपछि विभिन्न वक्ताहरूले हत्याको विरोध गर्दै कारवाहीको माग पनि गरे ।
प्लेकार्ड बोकेका प्रदर्शनकारीहरूले दोषीलाई कडा कारबाही गर्न र राजनीतिक आडमा घटनालाई नछाड्न माग गरेका छन् । कोणसभामा बोल्ने वक्ताले घटनामा सरकारले निष्पक्षरूपमा छानबिन गर्नुपर्ने र पीडितलाई न्याय दिलाउन माग गरे ।
केही हप्ताअघि पश्चिम रुकुमको चौरजहारीमा जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका नवराज विकको हत्या भएको थियो । प्रेम सम्बन्धमा रहेकी प्रेमिकासँग बिहे गर्न गएका बेला विकको हत्या भएको बताइएको छ । अन्य विभिन्न संघ–संस्थाहरूले पनि गम्भीर अमानवीय घटना भएको भन्दै दोषीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सोती पुगेका युवकहरूलाई गाउँलेले लखेटेपछि ज्यान जोगाउन ६ जना भेरी नदीमा हामफालेका थिए ।

प्रकाशित मिति: असार १० २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend