धरानः धरान उपमहानगरपालिकाले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालयलाई ‘धरान उत्कृष्ट शिक्षा पुरस्कार’ प्रदान गर्ने नीति लिएको छ ।
शिक्षाको नीति तथा कार्यक्रममा आधारभूत तह र माध्यमिक तहको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालयलाई प्रत्येक वर्ष यस्तो पुरस्कार दिन लागिएको जनाइएको छ ।
यस्तै, धरान बहुभाषिक, बहुधार्मिक, बहुजातीय सहर भएकाले संरक्षण र सम्वद्र्धन गर्न आधारभूत तहदेखि नै एक छुट्टै स्थानीय पाठ्यक्रम तयार गरी आगामी शैक्षिक वर्षदेखि आवश्यकताअनुसार विद्यालयमा लागू गरिने शिक्षा नीतिमा जनाइएको छ ।
यस्तै, सामुदायिक विद्यालयका छात्राहरूका लागि सेनेटरी प्याड वितरणदेखि बहुभाषिक शिक्षा सञ्चालनको नीति तथा कार्यक्रम तय गरिने जनाइएको छ ।

