धरानः इलाका प्रहरी कार्यालय धरान र प्रदेश १ क्षेत्रीय अनुसन्धानको प्रहरी टोलीले एक व्यक्तिलाई पेस्तोलसहित पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा बुधबार गते राति प्रतिबन्धित नेकपा विप्लब समूहका सुनसरी जिल्ला इन्चार्ज बताउने २७ वर्षीय रोशन राईलाई पक्राउ गरेको हो ।
धनकुटा शहिदभूमी गाउँपालिका वडा नं. ६ बस्ने राईलाई धरान–१५ स्थित घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको डिएसपी ज्ञानेन्दञ् बस्नेतले जानकारी दिए ।
पक्राउ गरी सोधपुछका क्रममा निजले प्रयोग गर्ने गरेको मोटरसाइकल धरान–१५ स्थित रामहंस मार्गमा पार्किङ गरी राखेको भनी खुलाउन साथ आज बिहान सो मोटरसाइकल तलासी लिने क्रममा सो मोटरसाइकलको सिट खोली हेर्दा पछाडि सिट मुनी प्लाष्टिकमा भित्र लुकाइछिपाई राखेको अवस्थामा पेस्तोल, गोली फेला परेकोले बरामद गरी निज राईलाई सुनसरी जिल्ला अदालतबाट हातहतियार खरखजाना मुद्दामा अनुसन्धानका लागि म्याद थप भई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
–नालको भागमा ONLY FOR PUBLIC SUPPLY लेखेको स्लाइडको भागमा MADE IN USA AUTOMATIC PISTAL लेखेको पेस्तोल नाल १ (एक) ।
–म्याग्जिन थान १ र सो म्याग्जिनमा लोड भएको अवस्थामा गोली राउण्ड ३ (तीन)
–रोशन राईको साथबाट २ थान मोबाइल फोन र सिम ६ थान समेत बरामद भएको ।
