Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पेटको भारी बोकेका धरानका यी बालक उपचारपछि घर फर्किए

हाम्रो कोशी आवाज
असार १३ २०७७, शनिबार
पेटको भारी बोकेका धरानका यी बालक उपचारपछि घर फर्किए

धरानः धरान–६ पानबारी निवासी प्रकाश मुदेलका ७ वर्षीय छोरा प्रशान्त उपचारपछि घर फर्किएका छन् ।
बीपी प्रतिष्ठानका विशेषज्ञ डाक्टर राजेश शाहको टोलीले गरेको सफल क्लोस्टोमीपश्चात् उनी घर फर्किएका हुन् । जन्मिँदै मलद्वार बन्द भएका ती बालकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भएको हो । ‘क्लोसट्रोमी’ नामको रोगबाट पीडित उनको पहिलो अप्रेसन सफल भएको हो । उनको ६ महिनापछि दोस्रो ‘स्टोमा क्लोजर’ को अप्रेशन हुने चिकित्सकले बताएको बाबु प्रकाशले जानकारी दिए ।
आर्थिक अवस्था कमजोर रहेको मुदेल परिवारले छोराको उपचार गर्न सकेका थिएनन् । यसअघि उपचारका लागि समस्या परेको थियो । जेठ २८ गते अपाङ्ग पुनस्थापना केन्द्र धरानले मुदेललाई प्रतिष्ठानमा भर्ना गरिदिएको थियो । पुर्नस्थापना केन्द्रले बालकको उपचारको लागि २५ हजार रुपैयाँ सहयोग गरेको थियो ।
२५ हजार रुपैयाँमध्ये २१ हजार ५ सय रुपैयाँ बालकको उपचारमा खर्च भएको केन्द्रका निर्देशक सुनिल खड्काले बताएका छन् । अन्य औषधिलगायतको खर्च जुटाउन होप धरानको टिम दौडधुप गरेर लागेको थियो । त्यतिबेला अध्यक्ष निश्चल पलिखेको नेतृत्वको टिमले देश विदेशबाट सहयोग जुटाएर औषधिको बिल तिरिदिएको थियो । ‘करिब ८० हजार रूपैयाँ बढी रकम सहयोग भएको छ, पछि सार्वजनिक गछौंं’, पलिखेले भने ।
‘पहिलो अप्रेसन सफल भएर चिकित्सकले डिस्चार्ज गरिदिनु भएको छ, ६ महिनापछि दोस्रो चरणको उपचार हुनेछ ।’ उनले भने । मुदेल परिवार ज्यालादारीमा काम गरेर पेटपालन गर्दै आएका छन् । उनले छोरा प्रशान्तको अर्को अपरेरशनका लागि आर्थिक कठिनाइ भएकाले देश–विदेशमा रहने सबै नेपाली दाजुभाइ तथा दिदी–बहिनीहरूमा बचाइदिन उनले आग्रह गरेका छन् ।

प्रकाशित मिति: असार १३ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend