धरानः धरानमा युवालाई छुरा प्रहार गरी फरार रहेका युवा पक्राउ छन् ।
इलाका प्रहरी कार्यालय धरानले धरान–१५ बस्ने वर्ष १८ को निश्चल लिम्बूलाई समातेको हो । धरान–१५ नयाँ सडक बस्ने केशव राईलाई पेटमा छुरा प्रहार गरी उनी फरार रहेको र खोजतलासका क्रममा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
गत वैशाख ५ गते विवाद राई र लिम्बूबीच बढ्दै जाँदा छुरा प्रहार गरी गम्भीर घाइते बनाइ उनी फरार रहेको प्रहरीले जनाएको छ । उनले राईको पेट लगायतको अन्य भागमा छुरा प्रहार गरी गम्भीर घाइते बनाइ भागेको प्रहरीले जनाएको छ ।
गत १२ गते उनलाई पक्राउ गरी सुनसरी जिल्ला अदालतबाट अनुसन्धानको लागि म्याद थप गरी अनुसन्धानको भइरहेको प्रहरीले जनाएको छ । उनले प्रहार गरेको छुरी गत वैशाख ५ गते नै बरामद भएको प्रहरीले जनाएको छ । घाइते राईको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको प्रहरीले जनाएको छ ।