Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नवोदय कलेजका टिमले नै स्कुल पनि चलाउने, यस वर्ष नयाँ पोशाक निःशुल्क दिने

हाम्रो कोशी आवाज
असार १८ २०७७, बिहिबार
नवोदय कलेजका टिमले नै स्कुल पनि चलाउने, यस वर्ष नयाँ पोशाक निःशुल्क दिने

धरानः धरान-१६ स्थित नवोदय कलेजले नै स्कुल पनि चलाउने भएको छ । नवोदय कलेज र नवोदय मावि एउटै कम्पनीअन्तर्गत सञ्चालित भएपनि दुई संस्थाको सञ्चालक समिति र संस्थामा सर्वाधिकार भने अलग अलग रहेको थियो । अब भने व्यवस्थापन यथावत रहने र सञ्चालक समिति भने यी २ शैक्षिक संस्थाको एउटै रहनेछ ।
धरान–१६ लेखनाथ चोकमा रहेको स्कुल धरान–१६ अन्नपूर्ण चोकमा रहेको कलेज व्यवस्थापन समितिले नै चलाउने भएको हो । यसअघि स्कुल छुट्टै व्यवस्थापनले सञ्चालन गर्दै आएको थियो । यसअघि नवोदयले नै ‘कलेज लेवल’ बाट होटल म्यानेजमेण्ट र म्यानेजमेण्ट सङ्कायमा अध्ययन अध्यापन गराउने गरेको थियो ।
स्मरणीय छ, यसअघि नवोदय स्कुलको प्रिन्सिपलको जिम्मेवारी निभाउँदै निरकुमार राईले स्कुल लिजमा चलाउँदै आएका थिए । त्यतिबेला उनले कलेज र स्कुललाई अगाडि बढाउन भूमिका निभाएका थिए तर पछि गजेन्द्र आचार्यको स्वामित्वमा रहेको स्कुल सञ्चालकमध्येका शैलेश आचार्यले आफैं चलाउने भनेपछि उनले ‘लिज’ मा मिति सकिएकोले उनी बाहिरिएका थिए ।
सञ्चालक आचार्यले करिब एक वर्षसम्म स्कुल सञ्चालन गरेका थिए । पछि नयाँ शैक्षिक सत्रदेखि नयाँ व्यवस्थापनसहित स्कुल चलाउने भन्दै धरान, इटहरीलगायतका कलेजमा अध्यापनरत् ‘जम्बो टिम’ लागिपरेको थियो । नयाँ व्यवस्थापनका साथ शुरू भएको टिमले नयाँ भिजन र मिसन दिने भनेपनि दिन सकिरहेको थिएन ।
कस्तो छ अहिलेको टिम ?
अहिलेको टिम नवोदय कलेज र युएन कलेज अनि स्कुल हाँकिरहेको टिम हो । टिमकै कारण नवोदयले सञ्चालन गर्ने म्यानेजमेण्ट र होटल म्यानेजमेण्ट पूर्वमै ब्राण्ड बनिसकेको छ । नवोदयकै टिमले युएन कलेज र स्कुल पनि सञ्चालित छ । युएन स्कुलले धरान-१० स्थित किरात चोकमा कक्षा–१० सम्म स्कुल सञ्चालन गर्दै आएको छ भने बिएचएम कार्यक्रम भने सञ्चालन गर्दै आएको छ ।
‘हामी अझै केही नयाँ भिजन दिने तयारीमा छौं’, पत्रकार सम्मेलनमा बोल्दै प्रिन्सिपल तुम्बापो भन्छन्, ‘सबै शैक्षिक क्षेत्रमा भिजेको, खारिएका टिम छौं, केही नयाँ सोंच, केही नयाँपन दिएर विद्यालयलाई थप मजबुत बनाएर लान्छौं ।’ उनले यस वर्षदेखि नै स्कुल पोशाक परिवर्तन गर्ने र पोशाक निःशुल्क दिइने जनाएको छ ।
युएन कलेजका अध्यक्ष ज्ञानेश्वर झाले कोरोनाको कारणले समय बदलिएको र सोहीअनुसारको शिक्षा अघि बढाउने बताए । उनले डिजिटल प्रविधिअनुसार अनलाइन कक्षा सञ्चालन गरिने पनि बताए ।

प्रकाशित मिति: असार १८ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend