धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ६ जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् ।
प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार बिहीबार बेलुका मोरङ र सुनसरीका २ पुरुष र ४ महिलाको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको बताए । डिस्चार्ज हुनेहरूमा ५ वर्षदेखि ४२ वर्ष उमेर समूहका छन् । त्यस्तै, अस्पतालमा गएको २४ घण्टामा १६ जना नयाँ संक्रमित भर्ना भएको प्रवक्ता डा. सापकोटाले जानकारी दिए ।
