Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बीपी प्रतिष्ठानमा काम छोडेर धर्नामा बसेका डाक्टर काममा फर्किने

हाम्रो कोशी आवाज
असार १९ २०७७, शुक्रबार
बीपी प्रतिष्ठानमा काम छोडेर धर्नामा बसेका डाक्टर काममा फर्किने

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कायरत् मेडिकल अफिसरहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।
१५ प्रतिशतले तलब बढ्ने भएपछि उनीहरूले आन्दोलन छोडेका हुन् । प्रतिष्ठान पदाधिकारीहरूसँग भएको छलफलमा डाक्टरहरूको १५ प्रतिशत तलब वृद्धि हुने भएपछि उनीहरूले आन्दोलन छोडेका हुन् । यो मागको विषयमा सिनेट बैठकमा प्रस्ताव लैजाने सहमति बनेपछि आन्दोलन छोडेको एक डाक्टरले जानकारी दिए ।
सबैको तलब बढेको तर उनीहरूको तलब नबढेपछि उनीहरू काम छोडेरै उपकुलपतिको कार्यालय अगाडि धर्नामा बसेका थिए ।
सबै (कर्मचारी, प्रोफेसर, डाक्टर, नर्स, सेक्युरिटी गार्ड, नर्स, उपकुलपति आदि) सबैको तलब छुट्याइएको तर मेडिकल अफिसरलाई भेदभाव गरिएको भन्दै उनीहरू आन्दोलनमा होमिएका थिए ।
आठौं तह मेडिकल अफिसरको तलब ४५ हजार ७ सय ४६ रूपैयाँ भएको (भत्ता सुविधाबाहेक) तर २९ हजारमा ५ वर्षदेखि कार्यरत् रहेको बताएका छन् । उनीहरूले आफूहरूले एनएमसी पास र नम्बर पाएको मेडिकल डाक्टर भएपनि ट्रेनीको हिसाबमा मात्रै राखेको गुनासो पनि पोखेका छन् ।

प्रकाशित मिति: असार १९ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend