Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा कोरोना प्रभावपछि बालबालिकालाई भिटामिन

हाम्रो कोशी आवाज
असार २२ २०७७, सोमबार
धरानमा कोरोना प्रभावपछि बालबालिकालाई भिटामिन

धरानः लकडाउन अर्थात् कोरोनाका कारण बालबालिकाको औषधि खुवाउने र खोप सेवा प्रभावित भएको थियो । गत वैशाख ६ र ७ गते नै भिटामिन ‘ए’ खुवाउने भनेपनि त्यतिबेला लकडाउन थियो । नखुवाउँदा शिशु र बालबालिकामा विभिन्न प्रकारका रोग फैलिने डर बढेको थियो ।
देशभरका खोप लगाइने र औषधि खुवाउने कार्यक्रम प्रभावित हुँदा बाल मृत्युदर बढ्ने खतरा समेत बढेको विज्ञले बताउँदै आएका थिए । जन्मदेखि १५ महिनासम्मका बालबालिकालाई नियमितरूपमा लगाइने विभिन्न प्रकारका खोप र औषधि समयमै नलगाउँदा अथवा नखुवाउँदा लाखौं बालबालिका प्रभावित भएका थिए । लकडाउन खुकुलो भएपछि खोप केन्द्रबाट सेवा शुरू भएको हो । लकडाउनपछि झण्डै तीन महिना देशभर खोप सेवा पूर्ण रुपमा ठप्प बन्यो ।
स्वास्थ्य क्षेत्रको ठूलो चुनौतीको रुपमा देखापरेको कोरोनाको सामना गर्नु महत्वपूर्ण भएजस्तै खोप लगाउनुपर्ने बालबालिकालाई समयमै खोप लगाएर बाल स्वास्थ्यमा निम्तिन सक्ने समस्या रोक्नु पनि त्यत्तिकै महत्वपूर्ण नै हो । धरानमा पनि भिटामिन ए र जुकाको औषधि खुवाइयो । खोप केन्द्र सञ्चालन भएपछि धरानमा अभिभावक बालबालिका लिएर खोप केन्द्रसम्म पुगे । पहिलो दिन धरान–१६ स्थित वडा कार्यालयमा भिटामिन ए र औषधि खुवाइयो, त्यहाँ पुग्दा अधिकांश अभिभावक र बालबालिकालाई मास्क लगाएर थिए । कोही कोही अभिभावक र बालबालिकाले भने मास्क लगाएको देखिएन । हेरौं फोटोः
फोटोः हाम्रो कोशी आवाज डटकम

प्रकाशित मिति: असार २२ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend