Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भानुचोकको सुमन मेडिकल हलमा औषधि दुरुपयोग !

हाम्रो कोशी आवाज
असार २३ २०७७, मंगलबार
भानुचोकको सुमन मेडिकल हलमा औषधि दुरुपयोग !

धरानः प्रहरीले अवैध औषधी बिक्री–वितरण गर्ने तथा सेवन गर्ने नियन्त्रणमा लिएको छ ।
धरान–७ स्थित भानुचोकमा रहेको सुमन मेडिकल हलमा सञ्चालकले औषधिको अनुचित प्रयोग र दुरुपयोग गरेको भनी सूचना प्राप्त भएको र उनीहरूलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
औषधी ब्यवस्था विभाग विराटनगरसँग समन्वय गरी निगरानी गर्ने क्रममा सो मेडिकलबाट मानिसहरुले खरिद गरी लैजाँदै गरेको अवस्थामा तलासी गर्दा निजहरुको साथमा रहेको गोजीबाट डिकोलिक, प्रिजिस्टार एम, एपिएबिएएलआइएन नामक औषधि फेला परेको उनले जानकारी दिए ।
निजहरुलाई नियन्त्रणमा लिई निजहरुको साथबाट बरामद हुन आएपश्चात सो मेडिकलमा समेत तलासी गर्दा त्यहाँबाट पनि औषधि बरामद भएको प्रहरीले जनाएको छ ।
बरामदपछि मुचुल्कासहित थप अनुसन्धान तथा कारबाहीको लागि औषधि ब्यवस्था विभाग विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।
बरामद हुन आएको औषधिहरुः
–मानिसको साथबाट बरामद भएको DECOLIC-10 tablets, PREGSTAR-M-5 tablets, APABALIN-15 tablets
–मेडिकलबाट बरामद भएको DECOLIC-400 tablets, PREGSTAR-M-120 tablets, APABALIN-340 tablets
खरिद गरी सेवनकर्ता
धरान–१० बस्ने वर्ष २० को सम्यक श्रेष्ठ
धरान–१५ बस्ने वर्ष २२ को सहबाज सिद्धिकी
धरान–१५ बस्ने वर्ष २९ अमिर नेपाली
धरान–१५ बगरकोट वर्ष २२ को अर्जुन बराइली
मेडिकल सञ्चालक बिक्रेताः
जिल्ला सुनसरी धरान–७ स्थित भानुचोक नजिक रहेको सुमन मेडिकलका सञ्चालक वर्ष ५३ को विनयकुमार गुरुङ

 

प्रकाशित मिति: असार २३ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend