धरानः धरान–१४ विजयपुरमा बिहान पौने १० बजे आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् ।
स्थानीय विष्णु राईको घरबाट ग्याँस लिक भई अचानक आगलागी हुँदा निजको तथा छिमेकी कमल राईको समेत घर जलेर नष्ट हुँदा अन्दाजी २२ लाख ७७ हजार बराबरको क्षति भएको हो ।
आगलागीबाट दुवै घरमा रहेको खाद्यान्न, लत्ताकपडा लगायत सम्पूर्ण सामान जलेर नष्ट भएको हो । सो आगलागी धरान उपमहानगरपालिकाको दमकल, प्रहरी टोली र स्थानीयवासी समेतको सहयोगमा बिहान सवा ११ बजे नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।