Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका निजी विद्यालयका सञ्चालकले बनाए खाका

हाम्रो कोशी आवाज
असार २५ २०७७, बिहिबार
धरानका निजी विद्यालयका सञ्चालकले बनाए खाका

धरानः धरानका निजी विद्यालयका सञ्चालकहरूले धरानका मेयर तिलक राईलाई अनुरोधपत्र बुझाएका छन् ।
उनीहरूले सामाजिक दुरी कायम गर्दै विद्यालय खोल्छौं भन्दै सञ्चालनको व्यवस्था कायम गर्न माग गरेका छन् । एसिसी धरानका अध्यक्ष राजेन्द्र गुरुङ, प्याब्सन अध्यक्ष राजकुमार लिम्बू, एनप्याब्सन अध्यक्ष भगत लिम्बूद्वारा हस्ताक्षरित अनुरोधपत्रमा विद्यालय सामान्य गतिमा सुचारु गर्न अनुरोध गरिएको छ ।
उनीहरूले कक्षाहरू जोरविजोर पद्दतिअनुसार चलाउने, कक्षा–६ देखि पहिलोचरणमा लागू गर्ने र अन्य कक्षाहरू प्रभाव हेरेर सञ्चालन गर्ने जनाइएको छ । यस्तै, साउन १ देखि जोरविजोर रोल नम्बरको आधारमा कक्षा-८, ९, १० सञ्चालन गर्ने, दोस्रो हप्तादेखि कक्षा ६ र ७ लाई सञ्चालनमा ल्याउने, तेस्रो हप्तादेखि कक्षा–३, ४ र ५ गते सञ्चालनमा ल्याउने, कक्षा–३ देखि तलका सबै कक्षाहरू परिस्थितिलाई अध्ययन गरेर सञ्चालन गरिने अनुरोध पत्रमा जनाइएको छ ।
‘कक्षा सञ्चालन गर्नुपूर्व विद्यालयलाई सेनिटाइज गरेर नेपाल सरकारले तोकेको सुरक्षा मापदण्डअन्तर्गत हातमा लगाउने सेनिटँइजर, हात धुने व्यवस्था तथा सामाजिक दुरीलाई पूर्णरूपमा पालना गरिनेछ साथै भीडभाडको वातावरण पनि सिर्जना हुने छैन’, पत्रमा भनिएको छ, ‘त्यसैले वातावरण बनाइदिनुहोस् ।’ उनीहरूले प्रत्येक कक्षा सञ्चालन हुनुपूर्व बालबालिका तथा शिक्षकको शारीरिक तापमान गरिने, विद्यालयमा हुने प्रार्थनामा रोक लगाइने, ४० मिनेटको समवअवधिमा रहेर चार कक्षा सञ्चालन गरिने जनाएका छन् । अनुरोधपत्रमा विद्यालय सरकारको नियमअनुसार चलेको छ छैन छाता संगठनले अनुगमन गर्ने पनि जनाइएको छ ।
‘हामीले पनि अहिले नै विद्यालय सञ्चालन गरौं भनिहालेका होइनौं’, एसिसी धरानका अध्यक्ष राजेन्द्र गुरुङले भने, ‘समय, परिस्थिति हेरेर विद्यालय सञ्चालन गरौं भन्ने हो, त्यही भएर मेयरलाई खाका तयार गरेका दिएका हौं, यसमा मेयर पनि पोजेटिभ हुनुहुन्छ । उहाँले पनि विद्यालय अहिलेको अवस्थामा सञ्चालन गर्न नसकेपनि समय र परिस्थितिअनुसार खाकाअनुसार अघि बढ्न सकिने बताउनुभएको छ ।’

प्रकाशित मिति: असार २५ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend