Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका सुकुम्बासी वस्ती जहिल्यै जोखिममा

हाम्रो कोशी आवाज
असार २६ २०७७, शुक्रबार
धरानका सुकुम्बासी वस्ती जहिल्यै जोखिममा

धरानः धरानमा वर्षाको समयसँगै सुकुम्बासी बस्ती जोखिममा पर्ने भएपनि क्षति न्यूनिकरणका लागि सम्बन्धित निकायले केही पहल नगरेको पाइएको छ । धरानमा सेउती र सर्दु खोलाको छेउमा बसोबास गर्ने सुकुम्बासीहरुको हालत यस वर्ष पनि पत्ला बन्ने निश्चित छ ।
जोखिम भएपछिमात्र त्यस स्थानमा जोखिम न्यूनिकरणमा वैकल्पिक योजना ल्याउने गरिएको छ । नगरपालिकाको तथ्यांकमा जोखिमपूर्ण क्षेत्रको उल्लेख नभएपनि सुकुम्बासीहरूले भने पाँचकन्याका वस्ती, सर्दु, सेउती खोलाले भेट्ने स्थान जोखिमपूर्ण रहेका छन् ।
सेउतीमा मात्रै चार सय घर बाढीको उच्च जोखिममा
सेउतीमा मात्रै खोलामा बाढी आएपछि चार सय घर बाढीको उच्च जोखिममा रहेका छन् ।
धरान उपमहानगर वडा नम्बर ५ तल्लो देउरालीको सुन्दर वस्तीमा रहेको करिब ४ सय घर बाढीको उच्च जोखिममा रहेको हो । बिहीबारको बाढीले जीतबहादुर लिम्बुको घर कटान गरिसकेको छ । घर नजिकै रहेको बिजुलीको पोल समेत ढलेको छ । सुन्दर वस्तीको प२र्वबाट अँधेरी खोलाले कटान गरेको छ भने पश्चिमतर्फ सेउती खोलाले कटान गरेको छ ।
बिहीबार रातभर पानी परेको कारण थप खोलामा बाढी आएको छ । शुक्रबार बिहान जनता समाजवादी पार्टीका नेता कार्यकर्ता समाजवादी सुकुम्बासी संघका प्रतिनिधिहरु बाढी कटान स्थलमा पुगेका थिए । सो अवसरमा स्थानीय पासाङ शेर्पाका अनुसार ग्याबिङ हाल्न तारजाली माग गरेपनि समयमै उपलब्ध नहुँदा थप समस्या परेको बताए ।
उनले हाल ३५ थान तारजाली उपलब्ध भएको बताए । हाल ३५ थान तारजाली उपलब्ध भएपनि त्यसमा भर्ने ढुंगा नभएको बताए । तारजाली ल्याउन समेत स्थानीय आर्थिक अवस्था नाजुक भएका कारण धरौटी राख्न नसक्ने अवस्थामा भएको बताए ।
स्थानीय जीतबहादुर लिम्बूका अनुसार आफूहरु हडपेर नबसी समितिले जग्गा दिएकोले २०६२–६३ देखि नै बस्न थालेको बताए । तत्कालीन अवस्थामा आफू बसेको भन्दा कयौं दुरीमा मात्र खोला बग्ने गरेकोले सुरक्षित रहेको बताए । पछिल्लो समयमा बाढीले कटान गदै आफ्नो घरनजिक आइपुगेको बताए ।
पासाङ शेर्पा आफूहरु रहरले नबसेको बताउँछन् । समितिले राखेकै कारण स्थानीय निकायले बत्तीको ब्यवस्था गरिदिएको बताए । फोटोः निमा पोङ्सुवा

प्रकाशित मिति: असार २६ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend