Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा नेकपाका नेता अइन्द्रविक्रम बेघाद्वारा जन्मदिनमा अनाथ बालबालिकासँग सहभोज (१३ फोटो)

हाम्रो कोशी आवाज
असार २७ २०७७, शनिबार
धरानमा नेकपाका नेता अइन्द्रविक्रम बेघाद्वारा जन्मदिनमा अनाथ बालबालिकासँग सहभोज (१३ फोटो)

धरानः धेरै ठाउँमा नेकपाका नेताले भ्रष्टाचार गर्दै आएको र रक्सी–जाँडमा पैसा सकिरहेको समाचार आइरहेको समयमा धरानमा बसोबास गर्दै नेकपाका धरान इन्चार्ज अइन्द्रविक्रम बेघाले भने अनाथ आश्रममा आश्रित बालबालिकासँग आफ्नो जन्मदिन सहभोज गर्दै मनाएका छन् ।
अझ भन्ने हो भने जन्मदिनका अवसरमा तडकभडक र फजुल खर्च गरी मनाउने चलन अझै छ । त्यस्तै, खाना खुवाउने प्रचलन पनि बढी छ । खाना खुवाउने मात्रै होइन उनले सहभोज पनि गरेका हुन् ।
उनले जन्मदिनमा धरानस्थित सरस्वती बालआश्रममा आश्रित २९ बालबालिकालाई मासु–भात खुवाउँदै आफले पनि खाएका हुन् । उनले त्यहाँ पुगेर बालबालिकालाई मासुभात खुवाउँदै आफैले पनि सँगै बसेर खाएका हुन् ।
मासुभात खान उनकी श्रीमती सविना खनाल (बेघा), छोरी पनि पुगेकी थिइन् । श्रीमती बेघाले बालबालिकालाई फ्रुटी समेत बाँडेकी थिइन् । यसअघि पनि जन्मदिनमा सोही ठाउँ र धरानस्थित अपाङग पुनस्थापना केन्द्रमा मनाएका थिए । उनले सिम्बोलिकरुपमै भएपनि जन्मदिन अपाङ्ग, असहायसँग मनाउन पाउँदा आफू सच्चा कम्युनिष्ट भएको र सन्तुष्टि मिल्ने गरेको बताउँछन् ।
नेता बेघाले भन्छन्, ‘विभिन्न हण्डर, ठक्कर खाँदै देशको सेवा गर्छु भनेर लागेको छु, सर्वहारा, भोका–नाङ्गाको पक्षमा लड्न चाहन्छु, त्यही भएर यहाँ जन्मदिन मनाउन आएको हुँ ।’ वि.सं. २०५६ सालदेखि नै माओवादी पार्टीमा सक्रिय उनी माओवादीनिकट विद्यार्थी संगठनको इकाई कमिटी, केन्द्रीय सचिव हुँदै माओवादीको केन्द्रीय सदस्य समेत बनेका व्यक्ति हुन् । संघीय मामिला संविधानसभा तथा संस्कृति मन्त्रालयको मन्त्रीको प्रमुख स्वकीय सचिव भइसकेका उनले जनयुद्धकालमा ११ महिना बेपत्ता, ३ वर्ष जेल जीवन बिताएका थिए । उनी धरान–१५ खोरिया बस्तीमा स्थायी बसोबास गर्दै आएका छन् । फोटोः हाम्रो कोशी आवाज डटकम

 

प्रकाशित मिति: असार २७ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend