धरानः धरानमा भेला भएका प्रदेश १ का यातायात व्यवसायीले यही तालमा गाडी चलाउन नसक्ने बताएका छन् ।
‘अझैपनि यातायात सञ्चालनका लागि सरकारले ढोका खुल्ला गर्न सकेको छैन’, प्रदेश १ संयोजक सरोज श्रेष्ठले भने, ‘यथास्थितिमा सरकारले सवारी चलाउनु भनेर मात्र सडकमा गाडी उतार्नै सकिँदैन ।’
धरानमा भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको प्रदेशस्तरीय भेलाले अहिलेको अवस्थामा सार्वजनिक यातायात सञ्चालन गर्न नसकिने जनाएको हो ।
उनले जिल्लाभित्र दूरीका हिसाबले समेत यातायात चलाउन असहज हुने जानकारी दिए । अन्तरजिल्ला अन्तर्गत मोरङको विराटनगरबाट सुनसरीको दुहबीसम्म १० किलोमिटर सवारी चलाउनुले झन आर्थिक भार थपिने संयोजक श्रेष्ठ बताउँछन् ।
आवश्यक सावधानीसहित सार्वजनिक सवारी सञ्चालनका लागि व्यवसायी तयार रहेको उल्लेख गरेका उनले ३ महिनादेखि थन्किएको सवारी बाहिर निकाल्न सरकारले व्यवसायीको न्यूनतम माग पूरा गर्नुपर्ने बताए । कार्यक्रममा मोरङ, सुनसरी, झापा, उदयपुरका यातायात व्यवसायी तथा मजदुरको सहभागिता रहेको थियो । कोभिड १९ महामारीसँगै गत चैत्र ११ गतेबाट यातायात क्षेत्र ग्यारेजमा थन्किएको छ ।
धरान उपमहानगरापलिकाका मेयर तिलक राई लाई नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, प्रदेश १ समितिले सम्मानित गरेको छ । महासंघ व्दारा शनिवार धरानमा आयोजित प्रदेश १ स्तरिय यातायात व्यवसायीहरुको अन्तरकृयात्मक भेलामा उनलाई सम्मानित गरिएको हो । मेयर राई महासंघका पूर्व केन्द्रिय सदस्य तथा सप्तकोशी यातायात व्यवसायी संघको अध्यक्ष समेत हुन् । यातायात व्यवसायका क्षेत्रमा उनले गरेको योगदान तथा यातायात व्यवसायीहरुका समस्या सुल्झाउने सवालहरुमा ऐक्यबद्धता सहित उनले खेलेको भूमिकाको उच्च सम्मान स्वरुप मेयर राईलाई सम्मानित गरिएको महासंघका प्रदेश १ अध्यक्ष श्रेष्ठले बताए ।
कार्यक्रममा महासंघका प्रमुख सल्लाहकार तथा पूर्व अध्यक्ष हिरा उदास, महासंघका केन्द्रिय उपाध्यक्ष कृष्ण प्रसाद सुवेदी, केन्द्रिय प्रदेश केन्द्रिय सदस्य राजेन्द्र रिजाल, ट्रक महासंघ केन्द्रिय सदस्य गोपाल कार्की, निरु बस्नेत तामाङ्ग, टिका गुरुङ्ग, महासंघ वर्गिय सदस्य नरहरी चापागाई, किरण खड्गा, जिल्ला संयोजक सुनसरी–ध्रुवराज घिमिरे, मोरङ्ग–राजन कंडेल, झापा–टंक दवाडी, उदयपुर–उमेश बस्नेत,भोजपुर–गोपाल मोक्तान,संखुवासभा–हरिश्वर थापामगर, धनकुटा–अमित लो तामाङ्ग, ईलाम–ग्रिष्म सुब्बा, पांचथर–मिलन गिरी, खोटाङ्ग–विदुर लुईटेल, ओखलढुंगा–कैलाश श्रेष्ठ, महासंघ संस्थापक सदस्य एवं अग्रज, वरिष्ठ व्यवसायी कुलप्रसाद ओडारी, नेपाल यातायात मजदुर संगठन, नेपाल यातायात मजुदर संघ, अखिल नेपाल यातायात मजुदर संघ लगायतका पदाधिकारी अतिथि थिए ।