Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सर्दुले बगाएका बस्नेत ५ किलोमिटर तल मृत अवस्थामा भेटिए

हाम्रो कोशी आवाज
असार २८ २०७७, आइतबार
सर्दुले बगाएका बस्नेत ५ किलोमिटर तल मृत अवस्थामा भेटिए

धरानः धरानको सर्दु खोलाको बाढीले बगाएका एक व्यक्ति मृत भेटिएका छन् ।
धरान–१३ को राई टोल पश्चिमबाट सर्दुखोलाले बगाएका भारतीय भुपु सैनिक रामबहादुर बस्नेतको मृत अवस्थामा शव भेटिएको हो । ५ किलोमिटर तल धरान–११ को वान डाँडा भन्ने स्थानका शव फेला परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्दबहादुर बस्नेतले जानकारी दिए ।
शवको पोष्टर्माटमका लागि प्रतिष्ठान पठाइएको उनले जानकारी दिए । अविरल वर्षासँगै आएको बाढीले शनिबार उनलाई सर्दुले बगाएर बेपत्ता पारेको थियो । उनलाई खोला पार गर्ने क्रममा बगाएको थियो ।
उता अविरल वर्षाका कारण शनिबार राति धरान वडा नम्बर ३ स्थित निराजन बस्ती जाने बाटोको भित्तामा पहिरो गएको छ ।
पहिरो जाँदा फिन्जिन भोटे पोङ्स्युवाको घरमुनी लगाएको पर्खाल भत्किएको छ । शेरबहादुर मगरको घडेरीमा लगाएको पर्खाल पुरै खसेको छ । अहिले सो क्षेत्रमा करिब ५० घर पहिरोको उच्च जोखिममा रहेको छ । अहिले सो क्षेत्रमा विद्युत आपूर्ति पनि बन्द छ ।

प्रकाशित मिति: असार २८ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend