धरानः प्रहरीले धरान–१३ का एक युवालाई गाँजासहित पक्राउ गरेको छ ।
धरान–१३ बस्ने वर्ष २९ को नविन मगरलाई गाँजासहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
लुकाइछिपाई घरबाट बेचबिखन गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोली त्यहाँ पुगेर उनको घरमा खानतलासी गर्दा बेच्नलाई तयारी बनाएको ३०० ग्राम तयारी गाँजा फेला परेको र निजकै घरको बारीमा लगाएको १३ बोट हरियो गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
सो हरियो १३ बोट गाँजा र बरामद ३०० ग्राम गाँजासहित मगरलाई पक्राउ गरी अनुसन्धानको लागि लागूऔषध (गाँजा) मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।