Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा खैरो हिरोइनसहित तीन युवा समातिए

हाम्रो कोशी आवाज
असार २९ २०७७, सोमबार
धरानमा खैरो हिरोइनसहित तीन युवा समातिए

धरानः प्रहरीले खैरो हेरोइनसहित तीन युवालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले धरान उपमहानगरपालिका वडा नं. ८ स्थित भित्री सडक खण्डमा शंकास्पद अवस्थामा हिँडडुल गरिरहेका युवाको शरीर खानतलासी गर्दा खैरो हिरोइन फेला परेको जानकारी दिए ।
वडा नं. १८ शिवमार्ग बस्ने वर्ष २६ को प्रवल राईको शरीर खानतलासी गर्दा १५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धूलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ । उनीमाथि अनुसन्धान गर्दा वडा नं. ८ बस्ने वर्ष २४ को सविन रानामगरको माध्यमबाट खरिद गरेको भनी खुलाएकोले सविनलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा वडा नं. ८ बस्ने सुमेन मोक्तानसँग खरिद गरेको भनी खुलाएकोले निज सुमेन मोक्तानको घर खानतलासी गर्दा उनको घरकोठामा लुकाई राखेको अवस्थामा १५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको र उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई पक्राउ गरी जिल्ला अदालतबाट अनुसन्धान कार्यको लागि म्याद थप भई अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असार २९ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend