धरानः धरान–१७ स्थित चतरा जाने पुलमुनि नवजात शिशुको शव फेला परेको छ ।
बेवारिसे अवस्थामा मृत शिशु फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले उपचारको क्रममा मृत्यु भएका शिशु गाडिएको र सर्दुखोलाको पानीले झिकेर पुलमुनि ल्याइपुरयाएको हुनसक्ने बताए । ‘हातखुट्टामा उपचार गर्दा लगाइएको टेप समेत छ, त्यसैले मरेर गाडिएको हो कि भन्ने आशंका गरिएको छ तर पनि अनुसन्धान भइरहेको छ ।’ उनले भने ।