धरानः धरान–१८ स्थित बुद्धचोकमा चिण्डोको प्रतिमा स्थापना गरिएको छ ।
राई जातिको महत्वपूर्ण मानिने यो चिन्डो बिहीबार एक कार्यक्रमका बीच भाषाविद् प्रा. डा. टंकप्रसाद न्यौपाने र धरान उपमहानगरपालिकाका मेयर तिलक राईले अनावरण गरे ।
बुद्धचोकमा पाँच फिट चार इन्चको बेसमाथि ९ फिट अग्लो चिण्डोको प्रतिमा राखिएको हो । धरान उपमहानगरपालिका १८ र स्थानीय दाताको सहयोगमा चिण्डोको प्रतिमा राखिएको वडा अध्यक्ष प्रविन राईले बताए ।
चिण्डोको प्रतिमासँगै राई जातिको संस्कृति झल्काउने यलम्बर, सुम्निमा, पारुहाङच्याब्रुङ नाच, साकेला नाचलगायतको दृश्य राखिएको छ । मेयर तिलक राईले बुद्धचोकमा चिण्डोको प्रतिमा राखिएकोमा अन्यथा नलिइदिन सबैमा आग्रह गरेका छन् ।