Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बीपी प्रतिष्ठानमा अब दुईजना संक्रमित मात्रै उपचाररत

हाम्रो कोशी आवाज
साउन ३ २०७७, शनिबार
बीपी प्रतिष्ठानमा अब दुईजना संक्रमित मात्रै उपचाररत

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शुक्रबार १० जना डिस्चार्ज भएसँगै अब दुई जना मात्रै संक्रमित उपचाररत छन् ।
प्रवक्ता डा. निदेश सापकोटाले शुक्रबार पिसिआर रिपोर्ट नेगेटिभ आएपछि झापाका ३ जना, सुनसरीका ५ जना, मोरङमा २ जना डिस्चार्ज भएसँगै अब दुईजना मात्रै संक्रमित उपचाररत रहेका हुन् ।
डिस्चार्ज हुनेमा २ जना महिला र ८ जना पुरूष गरेको प्रबक्ता डा. सापकोटाले जानकारी दिए । प्रतिष्ठानमा अहिले सम्म १२ हजार २ सय ६७ जनाको पिसिआर परिक्षण भएको छ ।
प्रतिष्ठानबाट हालसम्म २६६ जना उपचार पश्चात संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् । प्रतिष्ठानमा सप्तरीका एक पुरुषको मृत्यु भएको थियो ।

प्रकाशित मिति: साउन ३ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend