Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

जन्मथलो धरानमा वरिष्ठ गायक दीप श्रेष्ठलाई भोकेसनल अवार्ड

हाम्रो कोशी आवाज
साउन ४ २०७७, आइतबार
जन्मथलो धरानमा वरिष्ठ गायक दीप श्रेष्ठलाई भोकेसनल अवार्ड

धरानः रोटरी क्लब अफ धरानको ३६ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सदावहार तथा वरिष्ठ गायक दीप श्रेष्ठलाई गीत–सङ्गीतको क्षेत्रमा गरेको योगदानको कदर गर्र्दै भोकेसनल एवार्डले सम्मान गरिएको थियो । आफ्नो जन्मथलो धरानमा धरानेहरुले गरेको माया र सम्मान आफ्नो घरबाट पाएको जस्तो महसुस हुने उनको धारणा थियो । अरु ठाउँमा गरिएको सम्मानभन्दा धरानमा गरिएको सम्मानले आफूलाई बेग्लै आत्मसम्मान दिने गरेको उनले बताए ।
पदस्थापनासँगै अध्यक्षको जिम्मेवारी दीपककुमार श्रेष्ठले पाएका छन् । निवर्तमान अध्यक्ष रविन श्रेष्ठले आफ्नो कार्यभार वर्तमान अध्यक्ष श्रेष्ठलाई हस्तान्तरण गरे । रोटरीको आगामी एक वर्षका लागि सचिवमा शिवानन्द शाह र कोषाध्यक्षमा फिरोज श्रेष्ठलगायत २१ जनाको कार्यसमितिको चयन गरिएको छ ।
कार्यक्रममा रोटरी क्लव अफ धरानका सचिव मुकेश तोदीले कार्यकालमा सम्पन्न कार्यको प्रगति प्रदिवेदन प्रस्तुत गरेका थिए । रोटरी अभियानमा आफू सरिक भएर सिकेका कुराहरु आफ्नो नेतृत्वकालमा रोटरीको लक्ष्य र उद्देश्यलाई सामाजिक सेवाका कामहरूसँगै व्यवहारमा उतार्ने अध्यक्ष श्रेष्ठले प्रतिबद्धता व्यक्त गरे । निवर्तमान अध्यक्ष रविन श्रेष्ठले आफ्नो कार्यकालमा सहयोग गर्ने हात र साथलाई कृतज्ञता ज्ञापन गर्दै आफू अझ बढी सक्रियताका साथ रोटरी अभियानमा लाग्ने बताए ।

कृति टेलिभिजनको सहकार्यमा पहिलो तलामा लाइभ कार्यक्रम प्रसारण गरिएको थियो । रोटरीका डिष्ट्रक गर्भनर राजीव पोखरेल र पूर्व डिष्ट्रिक गर्भनर सन्जय गिरीले काठमाण्डौंबाटै अनलाइन भिडियो कन्फ्रेन्सबाट शुभकामना व्यक्त गरेका थिए । कोभिड १९ को संक्रमणलाई मध्यनजर गर्दै सामाजिक दुरी र विशेष स्वास्थ्य सावधानी र सतर्कता अपनाई कार्यक्रम सम्पन्न गरिएको थियो ।
प्रमुख अतिथि धरान उपमहानगरपालिकाका मेयर तिलक राईले नगरको विकासमा रोटरी क्लब अफ धरानले गरेको कार्यले ठूलो सहयोग पुगेकोमा मुक्त कण्ठले प्रशंसा गरेका थिए । नगरको योजना अनुरुप सहकार्य गर्न मेयर राईले क्लबलाई अनुरोध समेत गरेका थिए । कार्यक्रममा एशिष्टेन्ट अर्भरनर सपना रिजाल र ललित अग्रवाल विशेष उपस्थिति रहेको थियो ।
समारोह बीच रोटरयाक क्लब अफ धरानको २० औं पदस्थापन पनि सम्पन्न भएको थियो । रोटरयाकट क्लव अफ धरानका निवर्तमान अध्यक्ष शुभ न्यौपानेले वर्तमान अध्यक्ष रेश्मा शाक्यलाई पदभार हस्तान्तर गरेका थिए । रोटरयाक्टर क्लवको सचिवमा रोशी श्रेष्ठ र कोषाध्यक्षमा अनुज अग्रवाल लगायत १५ जनाको कार्यसमिति चयन भएको हो । मेम्बरशिप चियर रोटरियन महेन्द्र अग्रवालबाट प्रस्ताव गरिएका आयुष्मा शाक्य, सन्दिप शाक्य, अशोक जैन, गिरिस अग्रवाल, राजु शाह, निरज श्रेष्ठ, मनिष वंशल गरी जम्मा ७ जनालाई क्लबको नयाँ सदस्यता प्रदान गरियो ।

प्रकाशित मिति: साउन ४ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend