धरानः धरानस्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा एमबिबिएसको परीक्षा दिन आइपुगेकी एक छात्रामा कोरोना पुष्टि भएको छ ।
एमबिबिएस पाँचौ वर्षको फाइनल प्राक्टिकल परीक्षा दिन भारतबाट आएकी छात्रामा कोरोना पुष्टि भएको हो । प्रतिष्ठान आइपुगेका छात्रालाई होस्टलभित्र क्वारेन्टाइनमा राखिएको थियो । उनलाई हाल आइसोलेसनमा राखिएको छ । प्रतिष्ठानले १ सय ४५ बढि विद्यार्थीलाई प्राक्टिकलको लागि बोलाएकोमा ३६ जना छात्राको स्वाव परीक्षण गर्दा १ जना छात्रामा कोरोना संक्रमण देखिएको हेस्टेल वार्डेन डा. इन्द्र लिम्बुले बताएका छन् ।