Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानबाट अन्य सार्वजनिक गाडी पनि चल्न थाले

हाम्रो कोशी आवाज
साउन ६ २०७७, मंगलबार
धरानबाट अन्य सार्वजनिक गाडी पनि चल्न थाले

धरानः धरानबाट अन्य सार्वजनिक बस पनि चल्न थालेका छन् ।
यसअघि खाम्दाके यातायात प्रालिले मात्रै बस सञ्चालनमा गर्दै आएको थियो । सरकारले निर्णय गरेको दुई दिनपछि निरन्तररूपमा गाडी सञ्चालनमा ल्याइएको खाम्दाके नै लकडाउनपछि धरानमा चल्ने पहिलो गाडी हो ।
सरकारले लकडाउनका कारण चैत ११ देखि बन्द यातायात क्षेत्र ५० प्रतिशत यात्रु राखेर सुरक्षा मापदण्ड अपनाएर ५० प्रतिशत बढी भाडा लिनसक्ने गरी जिल्लाभर चलाउन अनुमति दिएको थियो । यातायात महासंघले भने सञ्चालन खर्च नै नउठ्ने भन्दै सेवा शुरु गर्न मानेको थिए । तर महासंघले पनि बिहीबारदेखि गाडी सञ्चालनमा ल्याउन सहमत भइसकेको छ ।
अहिले भानुचोकमा खाम्दाकेबाहेक अन्य यातायात पनि चल्न थालेका छन् । सुनसरीभर उनीहरूले गाडी चलाउन पाउँछन् । पूर्व जाने यात्रुले इटहरी र विराटनगर जाने यात्रुले दुहवीसम्म जान पाउँछन् । त्यस्तै, पश्चिम जानेले कोशी ब्यारेजसम्म जान पाउँछन् भने पहाडी जिल्ला जानेले भेडेटारसम्म यात्रा गर्न पाउँछन् ।
गाडीका चालक चक्रबहादुर जिमीले यात्रु पनि आइरहेको बताए । सरकारले तोकेअनुसारको भाडा लिएर अहिले गाडी चलाइरहेको उनले बताए ।
उता यात्रुले भने सबैजनाले मास्क लगाउने तर सवारी साधनका कर्मचारी कतिपयले मास्क समेत नलगाइदिँदा दुःख लागेको बताए । ‘खासमा मास्क, सेनिटाइजर अनिवार्य भनिएको छ, धेरैजसो यात्रुले आफैं सजग बनेर मास्क लगाएको पाएको छु तर कतिपय सवारी साधनका कर्मचारीले मास्क समेत लगाएका छैनन्, यो दुःखलाग्दो कुरा हो’, विराटनगर निवासी सविता चापागाईंले भनिन्, ‘यस्तो लापरवाही त गर्नु भएन नि ।’
बस चढ्दा जोखिम बढ्न सक्ने भएकाले यात्रु, सवारीका कर्मचारीलाई अनिवार्य मास्क, पन्जा र स्यानिटाइजरको प्रयोग गर्न भनिएको छ । तर पालना भने हुन सकिरहेको छैन ।

चल्न थालेका अन्य सार्वजनिक गाडी । फोटो फाइलः हाम्रो कोशी आवाज

 

सरकारी निर्णयलगत्तै शुरूमा चल्न थालेको बस । फोटो फाइलः हाम्रो कोशी आवाज

प्रकाशित मिति: साउन ६ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend