Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा लकडाउनपछि कपाल काटेको १२०, दाह्री काटेको १००

हाम्रो कोशी आवाज
साउन ८ २०७७, बिहिबार
धरानमा लकडाउनपछि कपाल काटेको १२०, दाह्री काटेको १००

धरानः धरानमा कपाल काटेको रेट बढेको छ ।
अब कपाल काटेकै १२० रुपैयाँ तिर्नुपर्नेछ । यसअघि कपाल काटेको मूल्य १०० रुपैयाँ थियो । नेपाल नाइ संघ उपमहानगरले रेट बढाएको जानकारी दिएको हो । संघले लकडाउन सहज बनेपछि नयाँ रेट तोकिएको जनाएको छ । लकडाउनले आफूहरूको व्यवसाय मारमा परेको भन्दै कपाल काटेको १२० र दाह्री काटेको ७० देखि १०० रूपैयाँसम्म तोकिएको छ । संघका अध्यक्ष रामचन्द्र ठाकुरका अनुसार कपाल काटेको नयाँ रेट आएको बताए । ‘लकडाउनले सामग्री बढेको छ, त्यसैले कपाल काटेको र दाह्री काटेको मूल्य बढाउनुपरेको हो’, सचिव रामसिंह ठाकुरले भने ।
यो रेट धरानभर लागू हुने संघले जनाएको छ । ‘साउनदेखि लागू हुने गरी रेट बढायौं, यसबाट ग्राहक वर्गमा पर्न गएको असरप्रति क्षमाप्रार्थी छौं ।’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: साउन ८ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend