Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा धनकुटाका युवा गाँजासहित समातिए

हाम्रो कोशी आवाज
साउन ९ २०७७, शुक्रबार
धरानमा धनकुटाका युवा गाँजासहित समातिए

धरानः धरानबाट धनकुटाका युवा गाँजासहित पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले लागूऔषध (गाँजा) सहित धरान–२० विष्णुपादुकाबाट सुजन राईलाई पक्राउ गरिएको जानकारी दिए ।
धरान उमनपा वडा नं. २० विष्णुपादुका स्थितमा अस्थायी प्रहरी चौकी विष्णुपादुकाबाट खटिएको प्रहरी टोलीले जिल्ला धनकुटा सागुरीगढी गापा वडा नं. ९ बस्ने सुजन राईले साथमा बोकेको झोला चेकजाँच गर्दा सो झोला भित्र प्लाष्टिकमा लुकाइ राखेको अवस्थामा प्रतिबन्धित लागूऔषध गाँजा फेला परेको जनाएको छ । उनलाई पक्राउ गरी लागूऔषध गाँजा मुद्दाको अनुसन्धानको लागि सुनसरी जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: साउन ९ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend