Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अब धरान-विष्णुपादुका पुलबाटै सरर

हाम्रो कोशी आवाज
साउन १० २०७७, शनिबार
अब धरान-विष्णुपादुका पुलबाटै सरर

धरानः प्रसिद्ध धार्मिकस्थल विष्णुपादुका जोड्ने पुलको निर्माण कार्य सकिएको छ । यसअघि धरानमा नगाभिएको विष्णुपादुका जोडिएपछि अहिले २० नं. वडा हो । धरान–विष्णुपादुका उपमहानगरपालिकामा गाभिएको अर्को साविक गाविस विष्णुपादुका पुग्ने मुख्य बाटोमा पुल नहुँदा यसअघि त्यहाँका जनताले दुःख पाउँदै आएका थिए । विष्णुपादुकाजस्तो प्रसिद्ध धार्मिकस्थल पुग्नलाई पनि खोलाले निक्कै सताउने गरेको थियो । विष्णुपादुकाको धार्मिकस्थल पुग्ने धर्मावलम्वी साथै पर्यटकलाई पनि समस्या थियो ।
वर्षा लाग्यो कि सर्दु तर्न सर्वसाधारणका लागि जोखिम नै थियो । जोखिमपुर्ण यात्रा गर्न बाध्य हुँदै उनीहरू वर्षामा उत्पादन भएका कृषि उत्पादन बजारसम्म ल्याउन हम्मे पर्ने गरेको विष्णुपादुकाका कृषक हेमकर्ण राईले बताउँछन् । ‘खासगरी चल्तीको धरान–विष्णुपादुका सडकखण्डमा पर्ने सर्दु खोलामा पुल नहुँदा सर्वसाधारणहरुले धेरै सास्ती भोग्नु परिरहेको थियो तर अहिले पुल बन्ने भएपछि खुशी छौं ।’ उनले थपे ।

त्यस क्षेत्रका जनताहरू शिक्षा, स्वास्थ्य, व्यापारलगायतको लागि धरान आउने गर्छन् । वर्षामा त अझ बिरामी पर्दा समस्या हुने गरेको थियो । बीपी प्रतिष्ठान बिरामी ल्याउँदा रोकिनुपर्नेसम्मको अवस्था आउने गरेको स्थानीयबासी बताउँछन् ।
धरान–११ मंगलबारे पश्चिम सर्दुखोलामा यस्तो पुल बनेपछि स्थानीय हर्षित बनेका छन् । ८ करोड ३२ लाख रूपैयाँको बजेटमा बनेको पुल निर्माण कम्पनी बन्धु कन्ट्रक्सनले गरेको हो । कम्पनीका पर्शुराम चापागाईंका अनुसार यो पुल यो असारसम्ममा निर्माण सकिने भन्दै अघिल्लो वर्ष थालिएको थियो । शनिबार एक कार्यक्रमपछि बीच पुल सञ्चालनमा आएको छ ।
पुल सञ्चालनमा आएपछि स्थानीयलाई राहत मिलेको वडा नं २० का अध्यक्ष मणीराम राईले बताए । स्थानीयले भने पुल वारीपारी नै सडक कालोपत्र बनिदिए अझै राहत मिल्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति: साउन १० २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend