Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा गायक एपीले ल्याए सीमा मिचिएपछि ‘वीर गोर्खाली’ (भिडियोसहित)

हाम्रो कोशी आवाज
साउन ११ २०७७, आइतबार
धरानमा गायक एपीले ल्याए सीमा मिचिएपछि ‘वीर गोर्खाली’ (भिडियोसहित)

धरानः गायक एपी शेर्पाले आफ्नो नयाँ राष्ट्रिय गीत ‘वीर गोर्खाली’ म्युजिक भिडियोसहित आफ्नै युट्युब च्यानल ‘एपी शेर्पा’ मार्फत् सार्वजनिक गरेका छन् ।
नयाँ देशभक्ति गीत ‘वीर गोर्खाली’ मा वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठको संगीत, गीतकार टेक तामाङको शब्द रहेको छ । भिडियोमा गायक शेर्पा संगै प्रशान्त तामाङ, सिम्रन श्रेष्ठ, सन्ध्या तुम्बाहाम्फे , देवान राई , देछेन शेर्पा, याङछिन शेर्पा लगायतका कलाकारहरुले अभिनय गरेका छन् । भिडियोमा वरिष्ठ गायक दीपलाई पनि देख्न सकिन्छ । भिडियोको निर्देशन पनि गायक शेर्पाले नै गरेका हुन् । सम्पादन सूर्य लामाको र छायांकन भुपेन्द्र तुम्वाहाङ्फेले गरेका छन् ।
कोरोना भाइरसको महामारीले देश लकडाउनमै रहेका बेला भारतले नेपालको सीमा मिचेको विषय बहसमा आयो । त्यसपछि नेपालले नयाँ नक्सासमेत सार्वजनिक गरयो । देशको सीमा मिचिएको यही समयमा यही परिवेशमा एउटा देशभक्ति गीत तयार गर्ने इच्छा जागेपछि लकडाउन भएका बेला गृहनगर धरानमै रहेका वरिष्ठ गायक दीप श्रेष्ठलाई संगीत गर्न अनुरोध गरी यो गीत तयार भएको गायक एपी शेर्पा बताउँछन् । सो गीतको रेकर्डदेखि भिडियो निर्माणसम्म लकडाउनकै बेला भएको हो ।
यसअघि पनि गायक ‘गरौं संकल्प’ बोलको राष्ट्रिय भावको गीत सार्वजनिक भएको थियो । सो गीत जस्तै यस गीतले पनि दर्शक (श्रोताहरुको राम्रै साथ सहयोग पाउने कुरामा आफु ढुक्क रहेको गायक एपी शेर्पा बताउँछन् ।

प्रकाशित मिति: साउन ११ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend