Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बीपी प्रतिष्ठानबाट बीपीको तस्वीर हटेपछि…

हाम्रो कोशी आवाज
साउन ११ २०७७, आइतबार
बीपी प्रतिष्ठानबाट बीपीको तस्वीर हटेपछि…

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्व. बीपी कोइरालाको तस्वीर हटेपछि नेपाल तरुण दलले धरान उपमहानगर समितिले आपत्ति जनाएको छ ।
धरानको उपकुलपति बनेर आएका डा. ज्ञानेन्द्र गिरीले स्व. बीपी कोइरालाको नाममा स्थापना भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति भएर आएपछि राखिएको ठाउँबाट तस्वीर हटाएका थिए । यसअघि जति जना उपकुलपति भएपनि त्यो तस्वीर कहिल्यै हटेको थिएन ।
तरुण दल नगर उपमहानगर समितिले तस्वीर हटाएको चाल पाएपछि यथास्थितिमा राख्न सुझाएर फर्किएको र सोही स्थानमा नै अहिले राखिएको नगर अध्यक्ष हिमाल श्रेष्ठले जानकारी दिए । तरुण दलको अगुवाईमा क्षेत्रीय समिति, नेविसंघलगायतको टोली पुगेर उपकुलपतिलाई भेटेको उनले बताए । अहिले सोही स्थानमा बीपीको तस्वीर छ ।
‘कार्यालयभित्र स्थापनाकालदेखि नै बीपी कोइरालाको तस्वीर त्यही थियो, यसअघि टवाइलेटको ढोकामाथि तस्वीर सारेको भन्ने जानकारी पाएका थियौं, साहै अपमानित भएको महसुस गरयौं र डेलिगेसन गयौं तर अहिले जहाँको त्यही त्यो तस्वीर छँदैछ ।’ उनले भने । यसअघि कांग्रेसले पनि यस विषयमा आपत्ति जनाइसकेको छ । कांग्रेसमात्रै होइन बीपीको तस्वीर हटेपछि त्यहाँ कार्यरत कर्मचारी पनि रुष्ट थिए ।
उनी सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको सिफारिसमा कुलपति बनेर धरान आएका हुन् । उता तरुण दल केन्द्रीय समितिले पनि यस्तो विज्ञप्ति जारी गरेको थियो ।

प्रकाशित मिति: साउन ११ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend