Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बीपी प्रतिष्ठानका डाक्टरले ल्याए ‘बालबालिकाको डाक्टर साथी’

हाम्रो कोशी आवाज
साउन १३ २०७७, मंगलबार
बीपी प्रतिष्ठानका डाक्टरले ल्याए ‘बालबालिकाको डाक्टर साथी’

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बाल रोग विशेषज्ञ डा. अरुणकुमार सिंहले ‘बालबालिकाको डाक्टर साथी’ नामक पुस्तक ल्याएका छन् ।
मङ्गलबार एक कार्यक्रमका बीच पुस्तकको विमोचन भएको छ । प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरी, प्रा.डा. टंक न्यौपाने, अस्पतालका निर्देशक प्रा.डा. गौरीशंकर शाह, पुस्तकका सम्पादक देवेन्द्र कार्कीलगायतले सो पुस्तकको विमोचन गरे ।
पुस्तकको समीक्षा महेन्द्र बहुमुखी क्याम्पसका नेपाली विषयका प्राचार्य गोपिकृष्ण खतिवडाले गरेका थिए भने कार्यक्रममा शुभकामना मन्तव्य अस्पतालका निर्देशक प्राडा शाह, नेपाली भाषाविद एवं प्राडा न्यौपाने र धरान–१३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेलगायतले दिएका थिए ।
पुस्तक बिक्रीबाट सँकलित रकमको केही प्रतिशत रकम गरिब तथा असहाय बिरामीका लागि खर्चिने उनले बताए । कार्यक्रमको सञ्चालन सो पुस्तकका व्यवस्थापक लक्ष्मी बानियाँले गरेको थिए । पुस्तकमा ४७ वटा विषयमा बालबालिकालाई काम लाग्ने विषयगत खुराक रहेको लेखकले जानकारी दिए ।
फोटोः लक्ष्मण

प्रकाशित मिति: साउन १३ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend