Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको नमूना पब्लिक हाइस्कुलको मुहार अझै फेरिने

हाम्रो कोशी आवाज
साउन १३ २०७७, मंगलबार
धरानको नमूना पब्लिक हाइस्कुलको मुहार अझै फेरिने

धरानः धरान–१२ स्थित पब्लिक हाइस्कुलको मुहार अझै फेरिने भएको छ । नमूना विद्यालय बनेको पब्लिक हाइस्कूलमा भौतिक पूर्वाधारसम्बन्धी गुरुयोजना बन्ने र सुविधा सम्पन्न विद्यालय भवनको डीपीआर तयार हुने भएको छ ।
नमुना विद्यालय विकास एव्म सञ्चालन निर्देशिका २०७४ अनुरुप शिक्षा तथा प्रविधी मन्त्रालयको निर्णयअनुसार यो विद्यालय नमूना विद्यालयको रुपमा छनौट भएको हो । विद्यालयको पूर्वाधार विकास निर्माण मन्त्रालयले प्रविधिक खटाई विद्यालयको भौतिक विकास निर्माण सम्बन्धी गुरुयोजना र सुविधा सम्पन्न भवनको डीपीआर तयार गर्न प्रविधिक पक्षमा सहयोग गर्न लागेको हो ।
विद्यालयलाई एक वर्षअघि नै नमूना विद्यालयको रुपमा विकास गर्न छनौट गरिएको थियो । सरकारले नमूना विद्यालयका लागि ५ वर्षसम्म प्रत्येक वर्ष आर्थिक सहयोग उपलब्ध गराउनेछ । ढिलो भएपनि काम शुरु हुन लागेकोमा विद्यालयका प्रधानाध्यापक इन्द्रमोहन झाले खुशी व्यक्त गरेका छन् । यसअघि छनौट भएका विद्यालयहरुलाई नमूना विद्यालय बनाउन उपलब्ध भएको अनुदान रकम भौतिक, शैक्षिक एवं व्यवस्थापनमा गरिने आफूलाई जानकारी भएको प्र.अ. झाले बताए ।
मंगलबार विद्यालय व्यवस्थापन समितिको वैठकमा विद्यालयको आवश्यकता अनुरुपको योजना निर्माण गर्ने सम्बन्धमा गोष्ठी भएको थियो । आधुनिक प्रविधिको उपयोग गर्न सकिने किसिमले भौतिक पूर्वाधार निर्माण गर्ने गरीको योजना निर्माण गर्ने योजना बनाइने व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर कार्कीले बताए ।
विद्यालयमा कक्षा कोठाको अभाव भएकाले सुविधा सम्पन्न कक्षाकोठा सहितको नयाँ विद्यालय भवन निर्माण गर्ने विद्यायमा छलफल भएको थियो । पब्लिक हाइस्कूल २००३ सालमा स्थापना भएको धरानको पहिलो सामुदायिक विद्यालय हो ।
भेलामा धरान उपमहानगरपालिका, वडा नं. १२ का वडाध्यक्ष टंकबहादुर राई, वडा सदस्य ब्रम्हज्ञ भट्टराई, पब्लिक हाइस्कूल एल्मोनाई २०३१ का सचिव विरेन्द्र सिंह थापा, सल्लाहकार मोहन श्रेष्ठ शिक्षक प्रतिनिधि र सरकारबाट निरुपित गरिएको सितारा कन्सल्टेन्सी ललितपुरका प्रतिनिधिहरु विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
फोटोः मोहन श्रेष्ठ

प्रकाशित मिति: साउन १३ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend