Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१६ युवा ‘गोलमाल’ लाई पिकअप भ्यानले ठक्कर दिँदा मृत्यु

हाम्रो कोशी आवाज
साउन १८ २०७७, आइतबार
धरान-१६ युवा ‘गोलमाल’ लाई पिकअप भ्यानले ठक्कर दिँदा मृत्यु

धरानः पिकअप भ्यानको ठक्करले धरान-१६ का युवाको मृत्यु भएको छ ।
इनरुवा-धरान सडक खण्डमा भएको दुर्घटनामा धरानका युवा दीपक मगर ‘गोलमाल’ को मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उनलाई को१च ८३०१ पिकअप भ्यानले ठक्कर दिएपछि उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो । प्रतिष्ठानमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना शनिबार राति पौने दुई बजेको हो । उनको बीपी प्रतिष्ठानमा उपचारका क्रममा ३ः३० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । प्रहरीका अनुसार उनी मोटरसाइकलमा सवार थिए । -सच्याइएको ।

प्रकाशित मिति: साउन १८ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend