Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा यस्तो बन्दैछ अन्तर्राष्ट्रियस्तरको क्रिकेट स्टेडियम

हाम्रो कोशी आवाज
साउन १८ २०७७, आइतबार
धरानमा यस्तो बन्दैछ अन्तर्राष्ट्रियस्तरको क्रिकेट स्टेडियम

धरानः धरानमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट स्टेडियम बन्दैछ । हाल घेराबारा लगाइसकिएको छ । यसको संरचना कस्तो होला भन्ने अहिले धरानलगायत देशविदेशसम्म चर्चा छ । स्टेडियमसहित स्वीमिङ पुललगायत अन्य खेलकुदका गतिविधि हुने खाल भौतिक संरचना निर्माण गर्ने लक्ष्य लिइएको क्रिकेट मैदान संरक्षण समितिका संयोजक एवं नेकपा नेता अइन्द्रविक्रम बेघा बताउँछन् । संयोजक बेघाका अनुसार यो प्रदेशकै खेलकुदका लागि यो महत्वपूर्ण संरचना बन्नेछ ।
धरान–१५ स्थित खोरिया वस्तीमा बनेको स्टेडियमको ‘भक्तराज कन्दङ्वा स्मृति क्रिकेट स्टेडियम’ नाम दिइएको छ । शुरूमा अर्थमन्त्रालयबाट १ लाख, त्यसपछि ५० लाख रूपैयाँबाट बनाउन शुरू गरिएको स्टेडियममा अहिलेसम्म करिब दुई करोड खर्च भइसकेको उनले बताए ।
‘पहिला जंगल थियो, जंगलमा रहेकोले मैदान निर्माणमै निकै खर्च भयो’, उनले थपे, ‘हालसम्म दुई करोड रुपैयाँ खर्च भइसकेको छ ।’ प्रदेश सरकारले १ करोड रूपैयाँ बजेट विनियोजन गरेपछि मैदानमा ड्रेन निर्माण, फेन्सिङ, माटो कटिङ लगायतको काम सकिएको छ ।
संयोजक बेघाका अनुसार मैदानको डिपिआर पनि निर्माणको चरणमा छ । ‘धरानमै अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानको परिकल्पना गरिएको हो । त्यहीअनुसार काम पनि भइरहेको छ’, उनले भने । अहिले घेराबारा, मैदान क्लियर गर्ने, लेभलिङ गर्ने सम्पन्न भइसकेको छ । यो ठूलो परियोजना र बहुवर्षीय योजना भएकाले अझै स्वीमिङ पुल, प्याराफिटलगायत अन्य खेलकुदका गतिविधि हुने खाल भौतिक संरचना निर्माण गर्न सकिने उनले बताए ।
निर्माण समितिका अध्यक्ष श्रीप्रसाद बेघाले यो खेल मैदान २ सय मिटर लम्बाई र २ सय मिटर चौडाई क्षेत्रफलमा रहेको बताए । धरान उपमहानगरपालिकाका इन्जिनियर सुरज श्रेष्ठले अनुसार क्रिकेट मैदानको डिपिआर तयार भइरहेको बताए । डिपिआरबिनै पनि विज्ञसँग आवश्यक सल्लाह लिएर निर्माण कार्य थालिएको उनले बताए । उनले डिपिआर लकडाउनले रोकिएको पनि बताए ।
हेरौं भिडियो, फोटोः

प्रकाशित मिति: साउन १८ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend