Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा निषेधाज्ञा र लकडाउन @ चकमन्न (१३ फोटो)

हाम्रो कोशी आवाज
साउन २२ २०७७, बिहिबार
धरानमा निषेधाज्ञा र लकडाउन @ चकमन्न (१३ फोटो)

धरानः धरानमा निषेधाज्ञा र लकडाउनको पहिलोदिन चकमन्न देखिएको छ ।
भानुचोक, छाताचोक, जिरोप्वाइन्टलगायत मुख्य सडकका एरियामा एकदुईजनाबाहेक अन्य कोही हिँडडुल गरेका छैनन् । भित्री सडकमा भने केही मानिस लखरलखर हिँडेको पाइएको छ । कोरोना संक्रमित बढ्दै गएपछि धरानमा दोस्रोपटक लकडाउन गरिएको हो ।
बुधबार कार्यपालिकाको बैठकले साउन २८ गतेसम्म लकडाउन गरेको छ भने जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको छ । यसपटक कडा लकडाउन भनिएपनि बजारमा फाट्टफुट्ट मानिस हिँडेको देख्न पाइयो । ‘काम छ भन्ने हिँड्ने पनि छन्’, एक ट्राफिक प्रहरी भन्छन्, ‘पहिलोदिन भएकाले सम्झाइबुझाइ पठाउने गरेका छौं ।’ धरानमा औषधी पसलबाहेक कुनै पनि व्यवसायिक पसल खोल्न दिइएको छैन । तरकारी र खाद्यान्न पसल बन्द भनेपनि भानुचोकभरी र सीमानाकामा भने हिँडेको भने देखियो ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले लकडाउनमा घरबाहिर निस्किने बढेपनि भोलिदेखि ‘टाइट’ गर्ने बताए । ‘आज तपाईले बजारतिर हेर्नुभयो भने मानिसहरू लखरलखर हिँडिरहेको देख्नुहुन्छ तर भोलिदेखि यस्तो हुन दिँदैनौं ।’
सीमा नाकामा पनि कडाइ
धरान प्रवेश गर्ने सीमा नाकामा पनि प्रहरी तैनाथ छन् । डिएसपी बस्नेतले सीमा नाका कडाइ गरिएको जानकारी दिए । पहाडी जिल्लाबाट प्रवेश गर्ने नाका धरान–१३ शिवधारा, तराईबाट प्रवेश गर्ने नाका तीनकुने, पानबारी, चतराबाट प्रवेश गर्ने धरान–१७ को पुललगायतका नाकामा कडाइ गरिएको प्रहरीले जनाएको छ । ‘त्यहाँ अहिले प्रहरी नै तैनाथ छन्’, डिएसपी बस्नेले भने, ‘नाकामा झन् कडाइ गर्नुपर्ने देखियो ।’ धरान–१३ को नाकामा खटिएका ट्राफिक प्रहरी ओमप्रकाश अधिकारीले भन्छन्, ‘सवारी साधन जुन बाटोबाट आउँछ, त्यतै फर्काउने गरिएको छ ।’
यता मेयर तिलक राईले धरानबासीले अटेर नगरी कोरोना संक्रमणको जोखिमलाई कम गर्न लाग्नुपर्ने बताएका छन् । उनले धरानबासीलाई लकडाउन र निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह समेत गरेका छन् ।
फोटोः हाम्रो कोशी आवाज

प्रकाशित मिति: साउन २२ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend