Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अन्ततः धरानमा फेरि सातदिन लकडाउन थपियो

हाम्रो कोशी आवाज
साउन २८ २०७७, बुधबार
अन्ततः धरानमा फेरि सातदिन लकडाउन थपियो

धरानः अन्ततः धरानमा सातदिनको लागि लकडाउन थपिएको छ ।
आज २८ गते रातिदेखि धरानमा जारी गरिएको लकडाउन सकिँदैछ । धरान उपमहानगरपालिकामा आज (बुधबार) बसेको कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो ।
धरान उपमहानगरपालिकाका मेयर तिलक राईले सातदिनसम्म लकडाउन थपिएको बताए । ‘लगातार संक्रमित बढिरहेका छन्’, उनले भने, ‘आज कार्यपालिकाको बैठकले सात दिन लकडाउन थप्ने निर्णय गरेको हो ।’
सातादिन भनेको भदौ ३ गतेसम्म हो । धरान–९ का वडाध्यक्ष रत्न कटुवालले ७ दिनको लागि लकडाउन थपिएको बताए । उनले धराने जनतालाई तरकारी र दूध खुवाउने समेत निर्णय भएको बताए । उनले स्थानीय उत्पादनलाई छुट दिने निर्णय भएको बताए । ‘बाहिरबाट धरानमा तरकारी र दूध ल्याउन नदिने निर्णय भएको र स्थानीयस्तरमा उत्पादन भएका तरकारी, दूध नरोक्ने निर्णय भएको छ ।’ उनले भने ।
यस्तै, कृषि बजारमा मौज्दात रहेका तरकारी सुपथ मूल्यमा दिइने निर्णय भएको उनले जानकारी दिए । उनले उपमहानगरपालिकाभित्रै रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमितलाई बेड अभावको कारण भर्ना गर्न समन्वय नगरेको र उपमहानगरपालिकाले हरियाली सामुदायिक वनमा २३ बेडको कोरोना संक्रमितलाई राख्ने आइसोलेसन सञ्चालन गर्ने निर्णय पनि गरेको जानकारी दिए । उता जिल्ला प्रशासन कार्यालय सुनसरीले पनि साउन ३२ गतेसम्म निषेधाज्ञा जारी नै गरिसकेको छ ।

प्रकाशित मिति: साउन २८ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend