Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा बालिका आत्महत्याः दुरुत्साहनको आरोपमा महिला पक्राउ

हाम्रो कोशी आवाज
भाद्र १ २०७७, सोमबार
धरानमा बालिका आत्महत्याः दुरुत्साहनको आरोपमा महिला पक्राउ

धरानः धरान–४ की १२ वर्षीया बालिका ममता राईको आत्महत्या दुरुत्साहनको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
बालिकालाई आत्महत्याका लागि उनको भूमिका रहेको भन्दै जाहेरी परेपछि स्थानीय सरिता राईलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । उनले मृतकका बाबुले जाहेरी दिएपछि उनलाई पक्राउ गरेको जानकारी दिए । जिल्ला अदालत सुनसरीबाट पक्राउ आदेश लिएर पक्राउ गरी अनुसन्धान उनले थालिएको बताए ।
यसअघि धरान उपमहानगरपालिकास्थित धरान नगर बाल सञ्जाल र सफेद चरण सामाजिक बहिष्कारविरुद्ध मानवअधिकार संरक्षण धरानलगायतका संस्थाले चासो दिएका थिए । ‘खासमा यी संस्था पनि लागिपरेका थिए तर जाहेरीवालाचाहिँ बाबु नै हुन्’, उनले भने, ‘उनलाई आइतबार साँझ पक्राउ गरिएको हो ।’
गत साउन २७ गते बिहान बाख्राको खोरमा झुण्डिएको अवस्थामा ममतालाई आफन्तले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । हात टेकेको साथै घोप्टो परेरको अवस्थामा बालिकाको शव भेटिएको थियो । यसरी शव भेटिएपछि आफन्त र बाल सञ्जालले पनि घटना शंकास्पद रहेको भन्दै विशेष चाासो दिएको थियो ।
हाल पोष्टमार्टमको रिपोर्टले भने बालिकाको मृत्यु झुन्डिएर नै भएको जनाएपनि बाल सञ्जालले अन्य कारणले मृत्यु भएको भन्दै पटक पटक दबाव दिएको थियो । बालबालिका त्यहाँ पुग्दा कतिपय समूहले तिमीहरूलाई नियम कानुन थाहा छैन भन्दै धाकधम्की समेत दिँदै आएका थिए । बाल सञ्जालकी उपाध्यक्ष सुजाता राईले घटनास्थलमा पुग्दा स्थानीय केही समूहले धाकधम्कीपूर्ण भाषा प्रयोग गर्दै घटनास्थलबाट फर्काउने प्रयास गरेको बताइन् । ‘त्यसपछि झन् हामीलाई घटनाबारे शंका गर्नुपर्ने ठाउँ रह्यो’, उनले भनिन्, ‘त्यसपछि इलाकासम्म पनि हामी पुग्यौं ।’
मृत्यु हुनुअघिको रात बालिकालाई कुटपिट गरिएको घटनाबारे आफूहरूले बुझेको उनले बताइन् । ‘खासमा टिभी हेर्ने निहुँमा बालिकामाथि कुटपिट समेत भएको समेत पाइयो’, उनले भनिन्, ‘त्यसपछि बालिका घरबाट निस्किएकी थिइन् । ती महिलाले पनि कुटेको स्वीकारेको सञ्जालकी सदस्य विनिशा राईले बताइन् ।

घटना गत साउन २५ गते रातिको हो । धरान–४ की ती बालिका झुन्डिएको अवस्थामा फेला परिन् । स्थानीय १२ वर्षीया बालिकाले झुण्डिएको अवस्थामा भेटिएकी हुन् । उनले शव बाख्राको खोरमा झुन्डिएको अवस्थामा भेटिएको हो । सो घटनाले परिवारमा बज्रपात भयो नै । तर, त्यसदिनदेखि वरपरका आफन्त ममताको हत्या कि आत्महत्या ? लगायतका अनेकन् प्रश्नमा डुबेका थिए । सँगै उनीहरूको मनमा भय र आशंकाले पनि घर बनाएको थियो ।
‘ती बालिकाले कसरी आत्महत्या गर्न सक्छिन् ? आत्महत्या गर्न कसले प्रेरित गरयो ? या उनले आत्महत्या गर्न कसरी सिकिन् ? या कसैले उनलाई मारयो ? त्यसो हो भने उनलाई किन मारियो ? ममताको मृत्युले यस्ता कयौं प्रश्नहरु छाडेर गएको थियो ।’ उपाध्यक्ष सुजाता भन्छिन् ।
योसँगै गत बुधबार धरानस्थित बाल सञ्जालको टोलीले चासो दिएको थियो । बाल सञ्जालको टोलीले घटनास्थल पुगेर स्थानीयसँग राय लिने काम समेत गरेको थियो ।
‘खासमा यस्तो बालिकाले कसरी आत्महत्या गरिन् होला भनेर हामीले निकै छलफल गरयौं’, उनले भनिन्, ‘त्यही भएर घटनास्थलमा पुगेर सोधीखोजी गरिरहयौं तर त्यहाँ हामीले धाकधम्की समेत आएको थियो ।’ उपाध्यक्ष राईका अनुसार उनी खाना पकाउन भन्दै घरदेखि केही नजिक रहेको एकजना बाजेकोमा आउने गर्थिन् । ती बालिकाको दिदीकाअनुसार बालिका आत्महत्या गर्ने अवस्थाको थिइनन् । ‘बहिनीलाई कसैले आत्महत्या गर्न बाध्य पारयो कि कुटेरै पो हो कि ?’ उनले भन्दै गरेको उपाध्यक्ष राईले सुनाइन्, ‘त्यही भएर हामीले चासो दिएका हौं ।’ उपाध्यक्ष राईका अनुसार यसअघि ‘तँलाई कुटौं’ भन्दै टर्चर दिने, कुटपिट पनि गरिहाल्ने गरेको र एकजना महिलाले ‘मैले एक झापड मात्रै’ हानेको हो समेत भनेकी थिइन् ।’
सञ्जालकी सदस्य विनिशाले आत्महत्या, हत्या वा अन्य केही हो भन्नेबारेमा हाम्रो चासो हो, त्यो बहिनीले न्याय पाउनुपर्ने र यसको निष्पक्ष छानविन हुनुपर्ने बताइन् । उनले बालमैत्री घोषणा भएकै वडामा यस्तो घटना घट्नु दुःखद् भएको बताइन् ।

प्रकाशित मिति: भाद्र १ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend