Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा फेरि थप ९ मा कोरोना पुष्टि

हाम्रो कोशी आवाज
भाद्र १ २०७७, सोमबार
धरानमा फेरि थप ९ मा कोरोना पुष्टि

धरानः धरानमा सोमबार नै थप ९ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
धरान उपमहान धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले नर्सका चारजना परिवारसँगै अन्य ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको जानकारी दिए । योसँगै धरानमा ८९ जनामा कोरोना पुष्टि भएको उनले जानकारी दिए ।
धरान–१६ का ४ चार, धरान–१८ का २ जना, धरान–१९ का १, धरान–१५ का २, धरान–१७ का १, धरान–९ का १, धरान–१० का २ जनामा कोरोना पुष्टि भएको उनले जानकारी दिए । वडा नं १५ की १९ वर्षकी महिला र ३९ वर्षको महिला, वडा नं. १९ मा ३९ वर्षको पुरुष, वडा नं १७ मा ३९ वर्षकी महिला, वडा नं ९ मा २४ वर्षकी महिलामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।
यस्तै, वडा नं १० मा ५० वर्षकी महिला र ७७ वर्षकी महिला, वडा नं १८ ठेगाना लेखिएको ३० वर्षको पुरुष र २७ वर्षकी महिलामा कोरोना पुष्टि भएको उनले जानकारी दिए ।

प्रकाशित मिति: भाद्र १ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend