Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा फेरि भदौ १० गतेसम्म लकडाउन

हाम्रो कोशी आवाज
भाद्र २ २०७७, मंगलबार
धरानमा फेरि भदौ १० गतेसम्म लकडाउन

धरानः धरानमा फेरि सातदिनको लागि लकडाउन थपिएको छ । भोलि ३ गतेदेखि धरानमा जारी गरिएको लकडाउन सकिँदैछ । धरान उपमहानगरपालिकामा आज (मंगलबार) बसेको कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो ।
धरान उपमहानगरपालिकाका मेयर तिलक राईले सातदिनसम्म लकडाउन थपिएर १० गतेसम्म थपिएको बताए । ‘लगातार संक्रमित बढिरहेका छन्’, उनले भने, ‘आज कार्यपालिकाको बैठकले फेरि सात दिन लकडाउन थप्ने निर्णय गरेको हो ।’ उता जिल्ला प्रशासन कार्यालय सुनसरीले भदौ ७ गतेसम्म निषेधाज्ञा जारी गरिसकेको छ । ‘जिल्ला प्रशासनले पनि ७ गतेसम्म निषेधाज्ञा गरिसकेको छ, धरानमा पनि संक्रमित बढेको कारणले १० गतेसम्मका लागि लकडाउन थप्ने निर्णय भएको हो ।’ उनले भने ।
धरान-९ का वडाध्यक्ष रत्न कटुवालले ७ दिनको लागि लकडाउन थपिएको बताए । उनले केही ‘मोडालिटी’ भने परिवर्तन भएको बताए । उनले धराने जनतालाई तरकारी, दूधजन्य परिकार खुवाउने समेत निर्णय भएको बताए । ‘अबदेखि लकडाउनको समयमा धरानमा अत्यावश्यक खाद्यान्न, तरकारी र दूग्धजन्य परिकार लागि बिहान ८ बजेसम्म सामाजिक दुरी कायम गरी खुल्ला गर्ने निर्णय भएको छ ।’ उनले भने ।
उनले स्थानीय र बाहिरबाट अर्थात् भारतबाट उत्पादित खाद्यान्न, तरकारी, दूधजन्य परिकार ल्याउनपरे पिसिआर परीक्षण गरिएको प्रमाणपत्र खोजिने बताए । उनले विशेषतः भारतबाट आउने व्यक्तिहरूको पिसिआर परीक्षण गरेको प्रमाणपत्र र सवारी साधनमा सेनिटाइजर गरेको हुनुपर्ने नियम बनाइएको बताए । उनले यी सामग्रीसहित आउने वा भारतबाट आउने व्यक्तिकै पनि पिसिआर परीक्षणको प्रमाणपत्र खोजिने बताए । उनले स्थानीय उत्पादनलाई सहजै छुट भएको बताउँदै उनीहरूले पनि सामाजिक कायम गरेको हुनुपर्ने बताए । ‘बाहिरी जिल्लाबाट ल्याइने तरकारी र दूधजन्य परिकार ल्याउन दिने तर भारतबाट आउनेको पिसिआर परीक्षणको प्रमाणपत्र अनिवार्य गरिएको छ,’ उनले भने, ‘स्थानीय र बाहिरी जिल्लाबाट ल्याउने तरकारी र खाद्यान्नको सवारीमा अनिवार्य सेनिटाइजर गरिएको हुनुपर्छ अनि धरानेले सामाजिक दुरी कायम गर्दै लिन सक्छन् ।’
धरानमा सोमबारसम्म ८९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार हाल २३ जना होम आइसोलेसनमा छन् भने ४५ जना निको भइसकेको र अन्य बीपी प्रतिष्ठानमा उपचाररत् छन् ।

प्रकाशित मिति: भाद्र २ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend