Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

टिकटकमा चम्केका धरानका यी आमा-छोरा (भिडियोसहित)

हाम्रो कोशी आवाज
भाद्र ५ २०७७, शुक्रबार
टिकटकमा चम्केका धरानका यी आमा-छोरा (भिडियोसहित)

धरानः धरानमा लकडाउन छ । यसअघि पनि लकडाउन नभएको होइन । अहिले धराने विद्यार्थी लगायत सबैजसो धराने मोबाइलमा रमाइरहेका छन् । लकडाउनमा टिकटकमा नरमाउने कमै होलान् । सबैलाई मनोरञ्जनात्मक प्रस्तुतिका साथ धरानका एकजोडीले मनोञ्जन प्रदान गरिरहेका छन् । ती जोडी हुन्– धरान लक्ष्मीचोक निवासी आमा–छोरा भावना राई र बाबु पराजुली । जसको जोडी अहिले टिकटक संसारमा जम्दै गएको छ ।
टिकटकमा आमा–छोराको हाल ४ लाख बढी फलोअर छन् । आमा भावना र उनको छोराले सन्देशमूलक टिकटक बनाउँदै आएको र छोराकै भविष्यको लागि सघाउँदै आएकी छिन् । ‘मनोरञ्जन त सबैलाई चाहिन्छ नै तर अझै भन्नुपर्दा छोराको उज्ज्वल भविष्यको लागि पनि बाबुआमाले नै सघाउँदै आएका छौं ।’
‘नन क्वीन’ नाम दिइएको टिकटकमा अहिले १७.९ मिलियन लाइक्स, ५६१.७ के फलोअर छन् । उनीहरूका अधिकांश भिडियो सन्देशमूलक र कमेडी स्टाइलका छन् । विशेषतः सबैजसो बालबालिका, बुढाबुढी पुस्ताले रुचाउने तरिकाले बनाइएको टिकटकमा कमेडी नै मन पराइएको पाइएको भावनाले जानकारी दिइन् ।
‘टिकटक रमाइलोका लागि हेरिन्थ्यो, घरमा बस्दा बस्दा बोर हुने, रमाइलोका लागि टिकटक हेर्दाहेर्दै सबै परिवार नै मिलेर कमेडी टाइपको बनाऔं भनेर लागियो, अहिले आएर फलोअर र लाइक्स पनि ह्वात्तै बढ्दै गएको छ ।’ उनले भनिन् ।
उनले सन्देशमूलक तथा कमेडी खालको टिकटक बनाउनाले नै आफूहरू धेरैको रोजाइमा परेको जानकारी दिए । ‘खासमा सन्देशमूलक र कमेडी नभइदिएको भए धेरैको रोजाइमा पर्दैनथियौं होला ।’ उनले भनिन्, ‘त्यही भएर हामीले दिने कन्टेनमा पनि मेन्टेन गर्दै आएका छौं, जस्तोपायो त्यस्तै, भिडियो पोष्ट गर्दैनौं ।’
७ वर्षीय छोरालाई हिरो बनाउने लक्ष्य लिएको उनले खुलाइन् । ‘अहिले बाटो देखाउने हो, तर जसको इच्छा पनि आफ्नो छोरा हिरो नै होस् भन्ने चाहना हुन्छ, त्यही भएर हिरो नै बनाउने लक्ष्य लिएको हो, भनौं, कलाकार बनाउन चाहन्छु ।’ उनले थपिन् ।
यसअघि रोजबर्ड मन्टेश्वरमा पढ्दादेखि नै उनी केहीमा कुरामा हँस्यौली पनि गर्थे रे । ‘होइन यो त कलाकार पो हुन्छ कि क्या हो भनेर जिस्क्याउँथे’, उनले भनिन्, ‘पछि निकै चासो दिएपछि लागिपरयौं ।’ धरानस्थित होलिगार्डेनमा चार कक्षामा पढ्दै गरेका बाबु चित्र कोर्न पनि खप्पिस छन् । नृत्य, चित्रकला, खेलकुदमा भाग लिँदै आएका उनले भविष्यमा हिरो र बिजनेश म्यान बन्ने लक्ष्य लिएको बताए । उनी अभिनयमा निकै खारिएका छन् । बाबु पनि अहिले कोरोना महामारीका कारण फुर्सदमा छन्, यही फुर्सदमा अझै बढी भिडियो लगाउँदै आएको उनी बताउँछिन् ।
उनको विचारमा टिकटक बहुउपयोगी हो । यसलाई सही सदुपयोग गरियो भने सामाजिकरूपमा पनि चिनिने र समाजमा केही सन्देश छर्न सकिने बताउँछिन् । ‘खासमा टिकटक बनाउनेवित्तिकै चिनिहालिन्छ भन्ने पनि छैन, सही सन्देश छर्ने खालको बनाइयो भने चिनिन्छ र समाजमा पनि योगदान गर्न सकिन्छ भन्ने मेरो धारणा छ ।’ उनले भनिन् ।
टिकटक रमाइलो गर्ने माध्यममा मात्र नभएर करियरलाई बदल्न सक्ने माध्यम पनि भएको उनको भनाइ छ । ‘धेरैजना यसबाट सेलिब्रेटी पनि बनेका छन्, म्युजिक भिडियोदेखि फिल्मसमेत खेल्ने अवसर आउन सक्छ ।’ उनले भनिन्, ‘त्यसैले म्युजिक भिडियो, फिल्मजस्तै समाजलाई सन्देश छर्ने टिकटक बनाऔं, भिडियो बनाउँदा विशेषतः पोजेटिभ बनाऔं, सभ्य नागरिकको परिचय दिऔं ।’


बाबु डाइरेक्टर, आमा र ७ वर्षीय छोरा कलाकार
खासमा उनीहरू सेलिब्रेटी बन्नुमा परिवारको हात हुन्छ नै । उनीहरू बाहिरीरुपमा जति चर्चामा छन् उनीहरूलाई यहाँसम्म पुरयाउन भावनाका श्रीमान निश्चल पराजुलीकै रोल छ । ‘कन्सेप्ट दिने पनि उहाँ नै, क्यामेरामेन पनि उहाँ आफैं, डाइरेक्टर पनि, हामी त कलाकार मात्रै ।’ भावनाले भनिन्, ‘कतिबेला सुट गर्ने, कस्तो स्थानमा, कसरी गर्ने आदिबारे उहाँकै कन्सेप्ट हो, उहाँले कन्सेप्ट नदिएको भए सम्भव नै थिएन ।’
जमेको सम्बन्ध
खासमा निश्चल बाहुनका छोरा र भावना राईकी छोरी । फरक जातिबीच भएको उनीहरूको सम्बन्ध पनि उदाहरणीय नै छ । उनीहरूलाई सबैले जमेको जोडी भन्छन रे । ‘खासमा सम्बन्ध भनेको भावना र मनसँग जोडिएको हुन्छ’, निश्चल भन्छन्, ‘सम्बन्धलाई टिकाइराख्न यी दुई कुरासँग माया जोडेर बाँधिराख्नुपर्छ ।’

सुनौं अन्तर्वार्ता:

प्रकाशित मिति: भाद्र ५ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend