Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रहरीले बाख्राको खोरमा भेट्यो ८४ केजी गाँजा

हाम्रो कोशी आवाज
भाद्र ११ २०७७, बिहिबार
प्रहरीले बाख्राको खोरमा भेट्यो ८४ केजी गाँजा

उदयपुरः उदयपुरमा प्रहरीले बाख्राको खोरमा ८४ केजी गाँजा फेला पारेको छ । उदयपुर प्रहरीले विशेष सूचनाको आधारमा यतिका परिमाणमा गाँजा फेला पारेको हो ।
ताप्ली गाउँपालिका एरियाबाट संकलन गरी उदयपुरगढी गाउँपालिका हुदै भारततर्फ लैजादै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको विशेष टोलीसहित सशस्त्र प्रहरी बल समेतको टोलीले बिहीबार यतिका परिणाममा गाँजा फेला पारेको हो ।
ठूलो तिल्केनी बस्ने सन्तबहादुर तामाङको बाख्राको खोरमा लुकाइ राखेको अवस्थामा फेला पारेको उदयपुर प्रहरीले जानकारी दिएको छ । खुकुरीसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए । पक्राउ पर्नेमा उदयपुर ताप्ली गाँउपालीका १ ओख्ले बस्ने २९ वर्षीय जयराम भन्ने पुष्पबहादुर मगर र सोही गाँउपालीका ३ बस्ने ४३ वर्षीय रामबहादुर तामाङ रहेको उनले जानकारी दिए । उनीहरूलाई लागूऔषध मुद्दामा कारबाही प्रक्रिया अगाडी बढाएको साथै संलग्न अन्य व्यक्तिहरूको समेत खोजतलास भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी नियन्त्रणमा परेका मगर र तामाङसहित बरामद गरिएको गाँजालाई विहीबार जिल्ला प्रहरी कार्यालय उदयपुर परिसरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो । प्रहरीले उदयपुरमा लागूऔषध दुव्र्यसनी, ओसारपसार मुख्य समस्याको रुपमा रहेकाले यसलाई नियन्त्रण गर्नका लागि विशेष अभियानका साथ काम गरिरहेको प्रहरी उपरीक्षक दाहालले जानकारी दिए ।

 

प्रकाशित मिति: भाद्र ११ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend