Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बेलबारीमा निगुँरो टिप्न गएकी १६ वर्षीया बालिकामाथि बलात्कार

हाम्रो कोशी आवाज
भाद्र १२ २०७७, शुक्रबार
बेलबारीमा निगुँरो टिप्न गएकी १६ वर्षीया बालिकामाथि बलात्कार

बेलबारीः मोरङको बेलबारीमा अनौठो खालको बलात्कार घटना सार्वजनिक भएको छ ।
बेलबारी नगरपालिका ११ कि १६ वर्षीया दलित बालिकामाथि तीन बालक र एक बयस्क व्यक्तिले सामूहिक बलात्कार गरेका प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जंगलमा निगुरो टिप्न पुगेकी १६ वर्षीया बालिकामाथि सुरुमा तीन बालक र पछि गाउँकै ४० वर्षीय होम तामाङले बलात्कार गरेको जानकारी दिए ।
गत मंगलबार दिउँसो निगुँरो टिप्न गएकी बालिकामाथि बलात्कार गर्ने तामाङ उनी बालिकाले चिनेजानेकै व्यक्ति भएका इन्सपेक्टर ढकालले बताए । उनले बालकलाई प्रयोग गर्दा आफू घटनाबाट बच्ने भएकाले तामाङले त्यस्तो उपाय लगाएको हुन सक्ने बताए ।
१२, १३ र १४ वर्षका बालकलाई लिएर किशोरी निगुँरो टिप्न जंगल गएको बेला घटना भएको पाइएको उनले जानकारी दिए । प्रहरीका अनुसार सुरुमा विभिन्न डरत्रास देखाउँदै तामाङले ती किशोरी र बालकलाई नियन्त्रणमा लिए । पहिला तीन बालकलाई पालैपालो बालिकामाथि बलात्कार गर्न लगाए । पछि तामाङ आफूले पनि बलात्कार गरेको बयान बालकहरुले प्रहरीलाई दिएका छन् । बालिकाको स्वास्थ्य परीक्षणबाट पनि बलात्कार पुष्टि भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: भाद्र १२ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend