Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानदेखि कसरी विराटनगर पुग्यो गाँजा ?

हाम्रो कोशी आवाज
भाद्र १६ २०७७, मंगलबार
धरानदेखि कसरी विराटनगर पुग्यो गाँजा ?

विराटनगरः सशस्त्र प्रहरीको टोलीले भारी परिमाणको १४६ केजी गाँजा बरामद गरेको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक सुमनकुमार तिम्सिनाका अनुसार सशस्त्रको टोलीले गाँजासहित केही मानिस पक्राउ गरेको हो । सोमबार बेलुका करिब ७ बजेतिर पक्राउ गरिएको जानकारी उनले बताए । ट्याक्टरमा राखेर धरान, इटहरी, दुहवी हुँदै आउने क्रममा विराटनगरमा पक्राउ गरिएको हो । सशस्त्र प्रहरी निरीक्षक मौसम पोखरेलले एक सय ४६ किलो गाँजासहित ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको बताए ।
को२त ६०५७ नम्बरको ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको उनले जानकारी दिए । चालक सुनसरी गढी गाउँपालिका–३ का सुरेशकुमार मेहता रहेको उनले जानकारी दिए । प्रहरीले नियन्त्रणमा लिएर खानतलासी गर्दा यतिका परिमाणमा गाँजा फेला परेको उनले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक सुमनकुमार तिम्सिनाले ट्याक्टर, चालक र गाँजा विराटनगर महानगरपालिका–१७ बाट सशस्त्रले नियन्त्रणमा लिइएको जानकारी आएको बताए । ‘सशस्त्रले १४६ केजी गाँजासहित चालकलाई पक्राउ गरेको हो भन्ने जानकारी आएको छ, घटनाबारे विस्तृत सार्वजनिक गर्दैछौं ।’ पक्राउ परेका चालकले विराटनगरदेखि मात्रै आफूले ट्याक्टर चलाएको बताएका छन् । ‘धरानदेखि विराटनगरसम्म अर्कै चालकले चलाएको खुल्न आएको छ’, उनले भने, ‘उनीहरूबारे थप अनुसन्धान भइरहेको छ ।’ सो गाँजा धनकुटादेखि आएको र लोडचाहिँ धरानमा भएको हुनसक्ने, चालकलाई पनि लगिदिएवापत रकम बुझाउने शर्तमा यहाँ ल्याइपुरयाइएको उनले जानकारी दिए ।
प्रहरीका अनुसार भारततर्फ लैजाने क्रममा सो गाँजा फेला पारिएको जनाएको छ । सशस्त्र प्रहरीका मोरङका प्रमुख प्रहरी उपरीक्षक तीर्थ पौडेलका अनुसार सुनसरीको धरानबाट भित्रिएको ट्रयाक्टरमा रहेको गाँजाको परिमाण प्रदेश १ मा हालसम्मकै उच्च हो । उनका अनुसार गाँजा प्लाष्टिकमा प्याक गरी ट्रयाक्टरको पछाडिको ट्रलीमा ‘फल्स बटन’ बनाएर ल्याइएको थियो ।
उनले हालसम्म बरामद गरिएको गाँजाको मुख्य कारोबारी र लैजान लागेको स्थानबारे जानकारी दिइनसकेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका एक पदाधिकारीका अनुसार चालकलाई विराटनगर १८ भेडियारी पु¥याउनका लागि १० हजार रुपैयाँ दिने कुरा रहेको थियो ।

उता झापाको शिवसताक्षी नगरपालिका–८ स्थित राजमार्गबाट करिब ७ लाख बराबरको भन्सार छली गरी ल्याएको ओरियन्स कम्पनीको औषधी बरामद गरिएको छ ।
दुईवटा मोटरसाइकल र एउटा स्कुटरमा सवार गरी आएका ६ जना मानिसहरुलाई इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा औषधी फेला पारेको हो ।
भारतबाट ३०७ वटा बट्टामा प्याक गरी नेपाल तर्फ चोरी तस्करी गरी अवैधरुपमा ल्याएको पाइएपछि सो कम्पनीको औषधी बरामद गरिएको र बरामद गरिएको औषधी, मानिस तथा सवारी साधनहरु आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय बुझाइएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

प्रकाशित मिति: भाद्र १६ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend