Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

५ युवा अटोमेटिक पेस्तोलसहित समातिए

हाम्रो कोशी आवाज
भाद्र १७ २०७७, बुधबार
५ युवा अटोमेटिक पेस्तोलसहित समातिए

विराटनगरः विराटनगर–४ कंचनवारी एरियाबाट अटोमेटिक पेस्तोल सहित ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरका व्यापारीहरुलाई फोनबाट धम्काउँदै रकम माग गर्ने एक समूहलाई पक्राउ गरी सार्वजनिक गरेको हो । प्रहरीका अनुसार सामूहिकरुपमा उनीहरुले असार २५ गते विराटनगरका एक व्यापारीलाई मोबाइलबाट म्यासेज गर्दै १० लाख रुपैयाँ माग गरेका थिए । धम्कीपूर्ण म्यासेजसँगै उनीहरुले २६ गते व्यापारीबाट ५ लाख रुपैयाँ लगेका समेत थिए ।
पक्राउ पर्नेमा मोरङ कटहरी–२ का २७ वर्षीय अभिसेक राय, २८ वर्षीय रविन शर्मा, २६ वर्षीय किसन साह रहेका छन् । यस्तै, सप्तरी बोधेबर्साइनका–८ का २७ वर्षीय नन्द किशोर साह र भारत बिहार राज्य सितामणी घर बताउने २७ वर्षीय राजु साह रहेका छन् ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गरेको हो । पक्राउ परेकाहरुको साथबाट १ थान अटोमेटिक पेस्तोल, ३ राउण्ड गोली, १ थान को ३२ प ७५२५ नम्बरको मोटरसाइकल, विभिन्न कम्पनीको १६ थान मोबाइल सेट , १ थान चक्कु, भारतीय बैंकको २ थान चेक र नगद नेपाली रुपैयाँ १८ हजार २० र भारतीय रुपैयाँ ४९ हजार ४ सय ५० समेत फेला पारी बरामद गरिएको कार्यालयले जनाएको छ ।
पक्राउ परेका यो समूहले संगठित रुपमा आपराधिक समूह स्थापना गरी विराटनगरलाई आपराधिक कार्यस्थल बनाइ व्यापारीहरुलाई हतियार देखाइ रकम असुल्ने, पैसा नदिए ज्यानै मार्ने समेतको धाक धम्की दिई रकम असुल्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ । साथै पक्राउ परेका पाँचै जना उपर हातहतियार खरखजना, अपराधिक लाभ, चोरी तथा संगठित अपराध सम्बन्धी मुद्दामा कारवाही अगाडी बढाइएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर प्रहरी नायव उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए । जसको समुहले लाखौं रकम उठाइसकेको खुल्न आएको उनले बताए ।
साथै मोरङको बिभिन्न स्थानहरुबाट मोबाइल हराएको तथा चोरी भएको भन्ने विभिन्न ब्यक्तिहरुले दिएको निवेदनको आधारमा खोजतलास गर्ने क्रममा ५३ थान मोबाइल सेटहरु समेत फेला पारी आजै सम्बन्धित धनीहरुलाई बुझाइएको उक्त कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: भाद्र १७ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend