सुनसरीः सुनसरी हरिनगर गाँउपालिका–२ भुटाहा सिसुवा धरमपुर सडक खण्डबाट ३ जना मानिसहरु बिना इजाजतको औषधिसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हरिनगर–१ का ३७ वर्षीय अख्तर मियाँ, २२ बर्षीय एहरमान अन्सारी र ३२ वर्षीय मुख्तर आलम रहेका छन् । विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई बुधबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माले जानकारी दिए ।
पक्राउ परेकाहरुको साथबाट बिनाइजाजतको औषधि निमोस पि २ हजार ९ सय ८० ट्याब्लेट, भिवेल ४ हजार ९ सय ८० क्याप्सुल, जेनेगरा रेड ८ सय ट्याब्लेट, निट्राभेट ६० ट्याब्लेट, स्पासस्मो ८ ट्याब्लेट, ल्याबोेट ४३ थान, पुरुष जीवन क्याप्सुल १ सय २०, डिरमिकेम १ सय ९५ थान मलम, केस्टोल १२ हजार क्याप्सुल, पान्टोप्राजोल ७ सय ९० क्याप्सुल, एसिइलोरलाम्प ४०० ट्याब्लेट र पि ४० डि ३ हजार ५सय ९० ट्याब्लेट र केटी फाइभ ८४ वटा मलम बरामद गरिएको छ ।
पक्राउ परेका तिनैजना र बरामद गरिएको बिना इजाजतको औषधि आवश्यक कारवाहीको लागि औषधी विभागको कार्यालय विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।
