धरानः धरानका युवासहित १२ जना जुवाडे युवा कानेपोखरीबाट पक्राउ परेका छन् ।
लुकीछीपी जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धरान–३ का किरण उदास, धरान–१६ का रुपजंग लिम्बू, लेटाङ–५ का समीर तामाङ, बेलबारी–१ का विमल गुरुङ, हल्दिवारी–५ का ताराकुमार जोगी, बुद्धशान्ति–४ का मनिष लिम्बू, बेलबारी–३ का कृष्ण लिम्बू, बेलबारी–११ का श्याम लिम्बू र चन्द्र लिम्बू, बिर्तामोड–३ का लक्ष्मीकुमार तामाङ, बिर्तामोड–५ का सञ्जीव घतानी, इटहरी–२० का राजन पौडेल रहेका छन् ।