बिर्तामोडः झापाको दमक कमल गाँउपालिका–७ का दुई जना लागुऔषधसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ४० वपर्षीय रोशन साह र १८ वर्षीय दीपक गुरुङ रहेका छन् । शुक्रबार बेलुका साढे ७ बजे केर्खा चौकस्थितमा मे१ह ६३७६ नम्बरको अटोमा आएका दुवैजनालाइ नियन्त्रणमा लिई चेकजाँज गर्दा लागूऔषध फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनीहरुले बोकेको झोला खोलेर हेर्दा लुकाइछिपाई राखिएको १२० ऐम्पुल डायजोपाम, १२० ऐम्पुल लुपिजेसिक र १२० ऐम्पुल फेनारगन फेला पारी बरामद गरिएको हो । पक्राउ परेका उपर इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ।