धरानः धरान उपमहानगरपालिका बाल सञ्जालले उपमहानगरस्तरीय एकल नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ ।
भदौ २९ गते पर्ने बाल दिवसका अवसरमा नगरस्तरीय एकल नृत्य प्रतियोगिता आयोजना गर्न लागिएको सञ्जालकी उपाध्यक्ष विनिशा राईले जानकारी दिइन् ।
‘सम्पूर्ण धरान नगरबासी सबै बालबालिकालाई यो प्रतियोगितामा आह्वान गरिसकेका छौं’, सचिव निष्चल खडकाले भने, ‘भदौ २७ गतेसम्म भिडियो र जन्मदर्ताको फोटो पठाउन भनिसकेका छौं ।’ प्रतियोगितामा विभिन्न नियम राखिएको छ । सो नियमको अधिनमा रही बाल सञ्जालको संस्थागत इमेल drnnagarbalsanjal@gmail.com मा सामग्री पठाउन भनिएको अध्यक्ष अप्सरा खत्रीले जानकारी दिइन् । अडिसन राउण्डपछि नतिजा भाद्र २९ गते यही धरान नगर बाल सञ्जालको पेजबाट सार्वजनिक गरिने कोषाध्यक्ष विनोद रायमाझीले जानकारी दिए । प्रतियोगिताको मिडिया पार्टनरमा धरानका हाम्रो कोशी आवाज डटकम, कृति टेलिभिजन र दन्तकाली एफएम रहेका छन् ।
प्रतियोगिताको नियमहरूः
–भिडियो यही भाद्र २७ गते पठाइसक्नु पर्ने ( नाम, ठेगाना र सम्पर्क नं अनिवार्य)
–प्रतिभा पठाएको दिन नै पेजमा राखिनेछ र नृत्य नेपाली गीतमा हुनु पर्ने छ।
–लाइक, कमेन्ट र शेयर गर्नेले अनिवार्य पेजमा लाइक गर्नु पर्नेछ र प्रतियोगितामा प्रतियोगी १८ वर्षमुनिको हुनुपर्नेछ ।
–भिडियो लाइक, कमेन्ट र शेयरको आधारमा २५५ र निर्णायकबाट ७५५ अंकको आधारमा सेलेक्सन गरिनेछ ।
–भाद्र २७ गते राति १२ः०० बजेसम्मको मात्र लाइक, कमेन्ट, शेयरको अंक गणना गरिने छ ।
–राष्ट्रिय बाल दिवस २०७७ भाद्र २९ गते यहि पेज मार्फत सेलेक्ट हुनुहुने प्रतियोगीहरुको नाम सार्वजनिक गरिनेछ ।
–यो अडिसन राउण्ड भएको हुनाले कपिराइट र फेक लाइक, कमेन्ट र शेयर मान्य हुने छैन ।
–नृत्यमा विशेष गरी टाइमिङ, एक्सप्रेसन, बडी मुभमेन्ट, स्टीप क्लियर र पोशाक आदि कुराको ख्याल गरिनेछ ।
–यो अडिसन राउण्ड पछाडिको राउण्डहरु कहिले हुन्छ भनेर हामी भाद्र २९ गते यही पेजमा सार्वजनिक गर्नेछौं ।
प्रतियोगीहरुले ध्यान दिनुपर्ने कुराहरुः
–आफूले नाचेको भिडियो ३ मिनेटसम्मको भिडियो खिचेर पठाउनुपर्नेछ ।
–नेपाली गीतमा मात्र नाचेको हुनु पर्नेछ ।
–प्रतियोगी १८ वर्षमुनिको हुनु पर्नेछ । साथै उमेर थाहा पाउन जन्म दर्ताको फोटो पनि पठाउनु पर्नेछ ।
–भिडियो भाद्र २७ गतेभित्र आइपुग्नु पर्नेछ ।
