Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मोरङमा १५ वर्षीया बालिकामाथि बलात्कार, अवकाशप्राप्त भारतीय सैनिक पक्राउ

हाम्रो कोशी आवाज
भाद्र २४ २०७७, बुधबार
मोरङमा १५ वर्षीया बालिकामाथि बलात्कार, अवकाशप्राप्त भारतीय सैनिक पक्राउ

विराटनगरः अवकाशप्राप्त भारतीय सैनिक बलात्कारको आरोपमा पक्राउ परेका छन् ।
मोरङको सुन्दरहरैंचा–४ का पूर्व भारतीय सैनिक उमेश नेपाल बलात्कारको आरोपमा पक्राउ परेका हुन् ।
१५ वर्षीया बालिकालाई दुई वर्षदेखि पटक पटक बलात्कार गर्दै आएको उनीमाथि आरोप छ । पीडित बालिकाले पनि पटक पटक दुई वर्षदेखि नै बलात्कार गर्दै आएको खुलाएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख सन्तोष खड्काले जानकारी दिए ।
उनका अनुसार नेपालले आफ्नै घरमा भाडामा बस्ने बालिकालाई बलात्कार गर्ने गरेको पक्राउपछि खुलेको बताए । उनका अनुसार पक्राउ परेका नेपाललाई बुधबार जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । पीडित बालिकाले मंगलबार अभिभावकलाई घटनाबारे जानकारी गराएपछि आज परिवारले नेपालविरुद्ध किटानी जाहेरी दिएका थिए ।

प्रकाशित मिति: भाद्र २४ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend