Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘धरान बजार लयमा फर्किँदैछ’

हाम्रो कोशी आवाज
असोज ६ २०७७, मंगलबार
‘धरान बजार लयमा फर्किँदैछ’

धरानः धरान बजार विस्तारै लयमा फर्किएको छ । बन्दाबन्दीको समय, भर्खरै लकडाउन खुकुलो भएपछि धरान लयमा फर्किन थालेको हो ।
देशभर आयोजना भएको लकडाउन र धरानमा संक्रमित बढ्दै गएपछि पटक–पटक भएको लकडाउनपछि धरान बजार लयमा फर्किँदै गएको व्यवसायी बताउँछन् । ‘लकडाउनले व्यापार व्यवसायदेखि सबै प्रभावित भए नै तर पनि अब केही खुकुलो भएसँगै अब लयमा फर्किन थालेको छ’, धरानस्थित बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिका शाखा प्रमुख तथा सञ्चालक मानबहादुर विश्वकर्मा भन्छन्, ‘अब चाडबाड पनि नजिकै भित्रिँदै आएको छ थलिएको व्यापार–व्यवसाय केही माथि उठ्छ भन्नेमा आशावादी छौं ।’
धरानका व्यवसायी अन्य समय भन्दा चाडबाडका बेला उक्सिने गरेको व्यवसायी बताउँछन् । ‘धरान यस्तो बजार हो कि वर्षमा एकपटक आउने चाडबाडले नै व्यवसायीले राहत महसुस गर्न थाल्छन्’, धरान कपडा व्यवसायी संघका अध्यक्ष जीवन अग्रवाल भन्छन्, ‘यतिका महिना थलिएको व्यवसाय चाडबाडले उकास्छ भन्ने अधिकांश व्यवसायीको आशा छ ।’
उनले चाडबाडका समय (विशेषतः दशैं, तिहार र छैठ) मा नयाँ लुगा किन्ने, लगाउने चलन रहेकोले कपडाचाहिँ बढी बिक्री हुने खुलाए । ‘खासमा भन्ने हो भने वर्षमा एकपटक कपडा बेचेर जीवन निर्वाह गर्ने पनि धरानमै छन्, जब कपडा बढी बिक्री हुन्छ, विशेषतः कपडा व्यवसायीहरू स्वाट्टै उक्सिन्छन् । त्यही भएर पनि कपडा व्यवसायी यतिबेला उत्साहित नै छन् ।’
अहिले व्यवसायीले दशैंका लागि सामान ल्याउन थालेपनि खासै सहज हुन नसकेको बताए । ‘अहिले पनि सबैतिर सहज छैन, त्यही भएर नयाँ नयाँ सामान ल्याउन सकेका छैनौं, तरपनि दशैंका लागि चाहिने सामान व्यवसायीसँग मौज्दात रहेको छ’, शाखा प्रमुख मानबहादुर भन्छन्, ‘तर केहीदिनपछि सहज होला, दशैंअघि नै सामान भित्र्याउने लक्ष्यमा छौं, त्यही भएर अब सामानको अभाव नहुन सक्छ ।’
दशैं नजिक आउन थालेपछि कपडाको आयात भने हुन थालेको व्यवसायी अग्रवाल बताउँछन् । ‘अहिले नयाँ कपडाको आयात हुन थालिसकेको छ’, उनले भने, ‘अब व्यवसायले केही गति लिन्छ कि भन्ने आशाचाहिँ पलायो ।’
सुनौं शाखा प्रमुख दियालीसँग गरिएको छोटो कुराकानीः

प्रकाशित मिति: असोज ६ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend