विराटनगरः मोरङ विराटनगर–१६ दरैया बस्ने ६१ वर्षीय रामु मण्डल लागूऔषध खैरो हिरोइन ब्राउनसुगर सहित पक्राउ परेका छन् ।
विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले साइकलमा आइरहेका मण्डललाइ विराटनगर–१२ स्थित कलेज रोडबाट नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
नियन्त्रणपश्चात उनीमाथि चेकचाँच गर्दा प्लाष्टिकमा पोको पारेर राखिएको अवस्थामा ५ ग्राम ७० मिलीग्राम ब्राउनसुगर फेला पारी बरामद गरिएको साथै उनी उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाइएको सो कार्यालयले जनाएको छ ।